
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रिनल्याण्ड टापुलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिने दृढता व्यक्त गरेका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी ग्रिनल्याण्डका लागि केही न केही गर्नेछौ, उनीहरूले चाहे पनि वा नचाहे पनि।”
ट्रम्पका अनुसार यदि अमेरिकाले ग्रिनल्याण्डमा आफ्नो पूर्ण अधिकार जमाएन भने त्यहाँ रुस वा चीनले कब्जा जमाउनेछन्। उनी रुस र चीनलाई आफ्नो छिमेकी बनाउन चाहँदैनन्। ग्रिनल्याण्ड भौगोलिक रूपमा निकै महत्त्वपूर्ण ठाउँमा छ र त्यहाँ बहुमूल्य खनिज पदार्थहरू पनि पाइन्छन्।
ह्वाइट हाउसकी सचिव क्यारोलिन लेभिटका अनुसार यो लक्ष्य पूरा गर्न ट्रम्पले सैन्य शक्ति (सेना) को प्रयोग समेत गर्न सक्ने संकेत दिएका छन्। यद्यपि, युरोपेली देशहरूले यसको विरोध गर्दै ग्रिनल्याण्डको स्वतन्त्रताको रक्षा गर्ने बताएका छन्।
सैन्य अड्डा मात्र विस्तार नगरी किन ग्रिनल्याण्ड नै किन्न वा कब्जा गर्न चाहनुहुन्छ भन्ने सवालमा ट्रम्प जवाफ दिदै भने “जब हामी कुनै कुराको मालिक बन्छौ, तब मात्र त्यसलाई राम्रोसँग रक्षा गर्न सक्छौँ। भाडामा लिएको कुरा र आफ्नै स्वामित्वमा भएको कुरामा धेरै फरक हुन्छ।”
प्रतिक्रिया