
रमेश मैनाली, वासिङ्टन डिसी, अमेरिका : अमेरिकाको राजधानी नजिकै भर्जिनियामा रहेको ग्रेस नेपाली चर्चले बडादिन अर्थात ईसाई धर्म अवलम्बीहरु को महान चाड ख्रीष्टमस उत्सव कार्यक्रम २०२५, भव्यताका साथ विविध सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरि सम्पन्न गर्यो ।
उक्त ख्रीष्टमस कार्यक्रममा इसाइ धर्म अनुरूप हिमालयन ब्याप्टिस्ट चर्च मेरील्यान्डका पास्टर, डा. प्रकाश गुरुङ ले समर्पणको प्रार्थना गरि शुरु भएको थियो। त्यसपछि नेपाल तथा अमेरिका दुबै देशका राष्ट्रिय गीत गाएका थिए । अरुणा गुरुङ तथा सुमन राई ले कार्यक्रम संचालन कुशलताका साथ गर्नु भएको थियो।

उक्त चर्चका सु-सज्जित कोएर झुण्डले ख्रीष्टमस सम्बन्धी विभिन्न ख्रीष्टियन भजन तथा कोरस हरु गाउनुभई परमेश्वरलाई प्रशंसा र आराधना गर्दा कार्यक्रम अझ आकर्षित भएको थियो । ग्रेस नेपाली चर्चको कोएर टिम मा ९ जना सदस्यहरु, वाद्यवादन तथा गायनमा हुनुहुन्थियो । किबोर्ड तथा मुख्य कोएर लिड : निस्सी थापा , बास गिटार तथा स्वरमा पास्टर एन्डी सुनुवार, इलेक्ट्रीक गिटार तथा स्वरमा कल्याण बजगाई त्यसैगरी गिटार तथा स्वरमा प्रमिस खड्का र मादल तथा ड्रम मा सुदिम थापा तथा सुमन राई ले पनि स्वरमा साथ दिनु भएको थियो भने दिदी- बहिनी हरुमा : कृपा रखाल थापा, सलिना थापा मैनाली तथा अरुणा गुरुङको मिठो स्वरले कार्यक्रमलाई आनन्दित बनाइएको थियो । ग्रेस नेपाली चर्चको यस कायक्रम मा येशु ख्रिष्ट तथा ख्रीष्टमस सम्बन्धी बिषेश भजन / कोरस / बाल – नृत्य तथा विषेश सारङ्गी, मादल र हार्मोनियमको संयुक्त वाद्यबादन धुन को बेजोड प्रस्तुतिले कार्यक्रमलाई झनै आकर्षित बनाएको थियो।

ग्रेस नेपाली चर्चको बारेमा जानकारी दिदै पास्टर एन्डी सुनुवार ले निमन्त्रित सम्पूर्ण पाहुना तथा अनलाइमा प्रतक्ष्य प्रसारण हेरी रहेका दर्शकदीर्घा लाई स्वागत मन्तब्य द्वारा न्यानो ख्रिष्टिय अभिवादन तथा विधिवत रुपमा सो कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।


इन्-क्राइष्ट चर्च योर्क, पेन्सिलभेनियाबाट आउनुभएका पास्टर राजन विश्वा ले ख्रीष्टमस सम्बन्धी प्रवचनको लागि प्रार्थना गर्नुभएको थियो। त्यसपछि सो मण्डलीका पास्टर रमेश पाठकले ख्रीष्टमस सम्बन्धी सु-समाचार्य प्रवचन दिनुभएको थियो। संसारकै सबैभन्दा ठूलो उपहार पृथ्वीका सबै मनुष्यहरूका लागि येशू ख्रिस्ट नै हुनुहुन्छ भन्ने सन्देश सहितको प्रवचन पास्टर रमेश पाठकले दिनुभएको थियो।

त्यसपछि एल्डर राम राज खरेलले संस्कृतको श्लोकसहित येशू ख्रीष्ट को पहिलो जन्म एक कन्याबाट पवित्र आत्माद्वारा हुनेछ भन्ने आधारहरू मुस्लिम धर्म अवलाम्बीहरूको पवित्र शास्त्र कुरान धर्मशास्त्र तथा हिन्दू धर्मावलम्बीहरूको शास्त्र भविष्य महा-पुराणमा पनि उल्लेख गरेको कुरालाई कविता मार्फत वाचन गर्नुभएको थियो। त्यसैगरी बाइबल धर्मशास्त्र अनुसार येशू ख्रीष्ट को दोस्रो आगमन पनि पक्का हुन्छ भन्ने कुरालाई कविता मार्फत नै वाचन गर्नुभएको थियो।

त्यसैगरी ग्रेस नेपाली चर्चका बाल संगती का नानीहरू : रोज राई, अबिगेल गुरुङ तथा लरेन राई ले मलाई घाम मनपर्छ … मलाई जुन मनपर्छ… , जीवनभरि येशूको चेला हुन मनपर्छ.…… बोलको गीतमा बाल नृत्य हेर्दा सबै उपस्थित जनहरु उत्साहित भएका थिए ।

त्यसैगरि, ग्रेस नेपाली चर्चका जेन-जी समुह को नृत्य भने लोक भाकामा स्मर्ना गुरुङ तथा प्रतिज्ञा खनाल ले हिमालको काखमा जन्मेकी येशुकी छोरी हुँ म .…स्वर्ग बनाउने धर्ती सजाउने …… बोलको गीतमा सामुहिक नृत्य हेर्दा फेरि उपस्थित सबैजना उत्साहित हुदै चिच्चाहटको स्वर दर्शकदीर्घा बाट आएको थियो। त्यसपछि उक्त चर्चका गजलकार लक्ष्मण परियारले ख्रीष्टमस सम्बन्धी गजल प्रस्तुत गर्नुहुँदा दर्शक दीर्घाबाट वा-वा सहितको ताली आएको थियो।

त्यसैगरि सो चर्चका आमा दिदी बहिनीहरू: कृपा रखाल, निस्सी थापा, फुर्लामु शेर्पा तथा शर्मिला राई ले “ क्रुसको भारी बोक्नलाई लौ धेरै गाह्रो छ …… तर मलाई त्यही क्रुस बोक्नलाई प्यारो छ.……. , भन्ने गितमा उत्कृस्ट नृत्य प्रस्तुत गरि कार्यक्रमको माहोललाई तताएका थिए।

त्यसैगरि छिमेकी चर्च हिमालय ब्याप्टिस्ट चर्च, मेरील्यान्ड का डिकन नारायण गायक ले आफ्नो सारङ्गीका साथमा नेपाली भाकामा सारङ्गी, मादल तथा हार्मोनीको साथमा लौ दाजु सुन……. न लौ बहिनी सुनन……. बोलको गीतको बेजोड प्रस्तुतिलाई उपस्थित सबैजनाले औधी रुचाएका थिए। त्यसै चर्च का अर्का अगुवा कमल नेपाली ले भने प्रसिद्ध गायक कर्ण दासको क्रिश्चियन गीत : “कहाँ सम्म जाने यात्री हो………मुक्तिको बाटो खोजेर ……. बोलको भजन गाउनु भएको थियो।


निमन्त्रित सम्पूर्ण पाहुनाहरूलाई मध्यनजर राखी ख्रीष्टमस विशेष उपहारहरु पनि प्रदान गरिएको यस कार्यक्रममा स्थानीय चर्चका कोएर झुण्डले लोक भाकामा बिशेष भजन गाउँदा सबै दर्शकदीर्घाहरु एक साथ सँगसँगै नाचेका थिए। लोक सोरठी भाकाको हा…..हा.….हा.… सुनसार रातमा उज्यालो तारा……झलमल पारेर…… परमेश्वरको भजन गाउँदा भने दर्शकदीर्घाहरू शान्त रहेका थिए।

अन्त्यमा, ग्रेस नेपाली चर्चका अध्यक्ष तथा मुख्य पास्टर रमेश मैनालीले सम्पूर्ण निमन्त्रित पाहुनाहरु तथा सो चर्चका कोएर झुण्ड तथा सम्पूर्ण स्वयंसेवकहरूलाई धन्यबाद दिनुभई आशिष को प्रार्थना गरि ख्रीष्टमस तथा नयाँ वर्ष २०२६ को शुभकामना दिदै कार्यक्रमको अन्त्य भएको घोसणा गर्नु भएको थियो।

त्यसपछि ख्रीष्टमस तथा नयाँ बर्ष २०२६ को शुभकामना आदानप्रदान गरि सबैका लागी तयार पारिएको अगपे भोज ( रात्री भोज ) मा सबैजना सहभागी भई, हर्ष र उल्लासका साथ बिश्वमा येशू ख्रीष्टको प्रेम , शान्ति र सबैमा भातृत्व प्रेमको कामना गर्दै २०२५ सालको ख्रीष्टमस कार्यक्रम सम्पन्न भयो।
यस कार्यक्रमको श्रव्य दृश्यलाई ईनेपलिज डटकम ले आफ्नो फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण पनि गरेको थियो।
प्रतिक्रिया