नेपाल अमेरिका पत्रकार संघ (नेजा)को प्रेस विज्ञप्ति

इनेप्लिज २०८२ पुष ३ गते १०:४८ मा प्रकाशित

मितिः डिसेम्बर १७, २०२५

नेपाली समाज टेक्ससको निर्वाचन प्रकृया सम्पन्न भएको छ । प्रवासमा नेपालीको जनघनत्व रहेको ठाउँको संस्थाको निर्वाचन समुदायका लागि चासोको बिषय हुने नै भयो । र, यसको समाचारलाई प्राथमिकतासाथ समाजमा पुर्याउन पत्रकारहरु खटिनु भएको थियो । सोही निर्वाचनको क्रममा मतगणना प्रक्रिया चलिरहेका बेला त्यहाँ काम गरिरहेका संचारकर्र्मीहरुमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ध्यान आकृष्ट भएको छ । संस्थाको निर्वाचनमा खटिईरहेका पत्रकारहरुलाई समुदायका केही अगुवाहरुबाट भएको व्यवहार निर्वाध समाचार संकलनको काममा अवरोध पुर्याएको नेजाको ठम्याई छ पत्रकारहरुका बीचमा भेदभाव गरी कसैलाई काखा र कसैलाई पाखा हुने गरी गरिएको व्यवहारप्रति नेजा दुःख प्रकट गर्दछ ।

सामुदायिक पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सामाजिक संघ संस्थाका जिम्मेवार व्यक्तिहरुवाट यस्ता अपमानजनक गतिविधि नदोहोरिनेतर्फ आशावादी छौं । पत्रकार र सामाजिक संघ संस्थाका जिम्मेवार व्यक्तिहरुबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिदैं आगामी दिनमा नेपाली सम्बद्ध संघ संस्थाहरुलाई पनि सामुदायिक पत्रकारिता गरिरहेका पत्रकारहरुका सन्दर्भमा जिम्मेवारी पूर्ण व्यवहारको अपेक्षासहित अपिल गर्दछौं । साथैं पत्रकारहरुका हकमा कुनै असमान्य व्यवहारहरु भएमा नेजा सदैव तपाईंहरुको साथमा रहेको समेत विश्वस्त हुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया