डा.श्रेष्ठलाई नेपालमा विशेष सम्मान

इनेप्लिज २०८२ मंसिर २४ गते २:०१ मा प्रकाशित

सम्मान ग्रहण गर्न जाँदा टर्कीमा दुव्र्यबहार

संयुक्त राज्य अमेरिकाव्दारा स्थापित विश्व पर्यटन दूत २०२४को विजेता तथा राष्ट्र संघव्दारा प्रधान गरिएको विश्व शान्ति दूतबाट सम्मानित डा.राजश्री श्रेष्ठलाई ज्यापू विशेष सम्मान २०२५व्दारा सम्मानित गरिएको छ । यही डिसेम्बर ४ तारिक काठमाडौमा एक भव्य समारोहमा उहाँलाई सम्मान गरिएको थियो । भौतिक रुपमा सम्मान ग्रहण गर्न डा.श्रेष्ठ उपस्थित हुन नसके पनि सिंगो राष्ट्रले सम्मान गरेको आयोजकहरुले जनाएका छन ।

डाक्टर श्रेष्ठ प्रगति नगर नगर समितिका सदस्य, धुलीखेल समाज काठमाडौका सस्थापक सचिब राजेन्द्र श्रेष्ठ तथा सुमित्रा श्रेष्ठकी छोरी हुनुहुन्छ । विगत डेड दशकदेखि अमेरिका बस्दै आएकी डा.श्रेष्ठ नेपाली कला सँस्कृतिको सम्बर्धन र विकासमा अमेरिकाको नेपाली समुदाय र नेपालको सामाजिक,पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ । डा.श्रेष्ठ आफ्नो कला क्षमताको प्रदर्शन नेपाली र हिन्दी चलचित्रहरुमा पनि गर्नु भएको छ ।

यस पटक २२औं ज्यापु दिवसको अवसरमा ज्यापू समाजले प्रधान मन्त्री सुशीला कार्कीको हातबाट सम्मान पत्र प्रदान गर्ने कार्यक्रम थियो । नेपालको कला सँस्कृतिको धनी समुदाय नेपाली किसानहरुको समुदाय ज्यापु समाजले डा. श्रेष्ठलाई सम्मान गरेको थियो । उक्त पदक तथा प्रमाण पत्र ग्रहण गर्न भने भारतीय बायु सेवा कम्पनी इण्डिगो एयरलाईन्सको गल्तिले डा.श्रेष्ठ असमर्थ हुनुभयो ।

डिसेम्बर ४ को कार्यक्रमका लागि नेपाल जान उहाँले इन्डिगो एयरलाईन्सको टिकट लिनु भएको थियो । टिकटमा दुई ठाउँ रोकिएर अन्तिम गन्तव्य काठमाडौ पुग्ने उल्लेख छ । वासिंटन डिसीको अन्तराष्ट्रय विमानस्थलबाट बोर्डिग गर्ने काम भने इन्डिगोले टर्किस एयरलाईनलाई दिएको थियो । यसको कारण अहिलेसम्म अज्ञात छ । बोर्डिगमा पहिलो स्टप टर्किको स्तानबुल र दोश्रो स्टप भारतको नयाँ दिल्ली थियो । वासिंगटन डिसीबाट ११ घण्टाको उडान पछि स्तानबुल पुगे पछि भने डा.श्रेष्ठको पीडादायी अवस्था शुरु भएको उहाँले इनेप्लिजलाई सुनाउनु भएको छ । छोरी माथि भएको अपमानजनक व्यबहारबाट आफू चिन्तित भएको बताउदै डा.श्रेष्ठका पीता राजेन्द्र श्रेष्ठले भारतीय बायु सेवा कम्पनी इण्डिगो र टर्किस एयरलाईनले गरेको अपमानजनक र बदनीयतपूर्ण व्यबहार अबका दिनमा अरु कसैमाथि नहोस भन्दै यी एयरलाईनको सेवा कसैले पनि नलिन सचेत पनि गराउनु भएको छ ।

स्तानबुलमा उहाँमाथि एक प्रकारले दुव्र्यबहार गरिएको थियो । उहाँसँग भएको अमेरिकी पासपोर्ट तर्फ इन्कीत गर्दे एयरलाईन्सका कर्मचारीले यो पासपोर्टबाट उडन भर्न नमिल्ने बताउदै उहाँलाई रोकेका थिए । डा.श्रेष्ठले आफू राष्ट्रसँघको विश्व शान्ति दूत भएको व्याच देखाए पछि टर्किले ७२ घण्टाको भिषा उपलब्ध गराएको थियो । यो ७२ घण्टाभित्र पाएको पीडा र सास्ती बर्णन गरेर साध्य नभएको उहाँको भनाई थियो । उहाँले नेपाल किन जान लागेको,समयमै पुग्न किन जरुरी छ भन्ने अनुनय विनय गर्नु भयो । तर न इण्डिगोको कम्पनीले सुन्यो न त तुर्किस्तानले नै सहयोग गर्यौ । उहाँले यो अवधि भित्र आफ्नोे कर्मभूमि अमेरिका फर्किन पनि सजिल्यै पाउनु भएन । उहाँले महगो दरमा अमेरिका फर्किने टिकट लिएर भारी मनले कर्मक्षेत्रमा फर्किदा वासिंटन डिसी अन्तराष्ट्रिय विमानस्थलमा थप केरकारका लागि प्रहरीहरु उहाँलाई पर्खिएर बसेका थिए । त्यहाँ सबैै बयान दिएर उहाँ घर फर्किनु भएको थियो ।

प्रतिक्रिया