
वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमको तेश्रो श्रृङ्खला नोभेम्वर महिनाको २९ तारिक शनिवार सम्पन्न भयो । अनेसासका संस्थापक साहित्यकार होमनाथ सुवेदीसँग प्रथम श्रृङ्खला र साहित्यकार अनेसास पूर्व अध्यक्ष बसन्त श्रेष्ठसँग दोश्रो श्रृङखला सम्पन्न भएको थियो । तेश्रो श्रृङ्खलामा अनेसास केन्द्रकी प्रथम महिला अध्यक्ष सरला क्रिष्ट श्रेष्ठसँग सुरेन उप्रेतीको वाङ्मय विमर्श भयो । रामेछाप जिल्लामा जन्मिनु भएकी श्रेष्ठले वाल्यकाल देखिनै कविता लेख्न शुरू गर्नु भएको थियो । काठमाण्डौमा बिधालय स्तरमा पढ्दा देखि नै नेपालका मूर्धन्य साहित्यकारहरूसँगको सामिप्यताले गर्दा अझ उर्जा मिल्यो । साहित्यकार कृष्णप्रसाद पराजुलीको प्रेरणाले गर्दा बिसं २०४४ सालमा नै कविता संग्रह प्रकाशन गर्नु भयो ।
२०४५।२०४६मा उहाँका दुईवटा नेपाली र दुईवटा नेवारीभाषाका गीतहरू रेकडिङ्ग भए । साहित्यकार पारिजात, कृष्णप्रसाद पराजुली, युगकवि सिद्धिचरण श्रेष्ठ जस्ता साहित्यकारहरूको समिपमा रहेर थुप्रै कविता र गीतहरू सिर्जना गर्नु भयो । नेपालमा भएका हरेक प्राकृतिक प्रकोप घटना र परिघटनाले उहाँलाई बिथोल्ने गर्दछ । त्यसवेला उहाँका चयनहराउँछ । निन्द्रा र भोक हराउँछ । त्यो पिडा र छटपटीलाई गीतलेखेर पोख्नु हुन्छ । तवमात्र मनले अनिकती राहत पाएको महषुस हुन्छ ।
सरला श्रेष्ठका पाँचदर्जन गीतहरू रेकर्ड भैसकेका छन् । ती गीतहरूलाई आफ्नै यूटुव च्यानल एसएस क्रिएशनमा राख्नु भएको छ । नेपालका ख्याती प्राप्त गायकहरूका स्वरमा कालजयी गीतहरू रचना गर्नु भएको छ । उहाँका गीतहरूलाई मदनकृष्ण श्रेष्ठ, अन्जु पन्त, शिव परियार, आनन्द कार्की, दिपा नारायण झा, करण परियार, कृती न्यौपाने ,सदिक्षा कट्टेल, एलिना चौहान, राज सिग्देल, मिलन नेवार, बैना श्रेष्ठ जस्ता हस्तीहरूले स्वर भर्नु भएको छ ।
नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाउन सकेमात्र आफ्नो पहिचान जोगिने कुरामा विश्वास गर्नु हुने श्रेष्ठ, सबैले घरमा नेपाली भाषा बोल्ने हो भने अवष्य पनि हाम्रो पहिचान जोगिनेछ भन्नु हुन्छ ।
उहाँका माटोको महिमा, कोपिलाको पुकार, गुनासो , म हारेको छैन यो जीन्दगी, दुखेँ धेरै , अधिकार बाँडी देउ, दिल त दामीहजुरको, थाहा छैन , जस्ता कर्ण प्रिय गीतहरू छन । भर्खरै नेपालमा भएको जेज्जी पुस्ताको आन्दोलन र कलिला नानीबाबुहरूको हत्यामा स्तब्ध बन्नु भएकी श्रेष्ठले सुनौलो बिहान भन्ने जेन्जीपुस्तालाई जोडेर मिठो गीत लेख्नु भएको छ ।
अब अन्याय अत्याचारहरूको अन्त्य हुनेछ । सबैका ओठमा मुस्कान भरिनेछ । देश विकाश र उन्नति तर्फ उन्मुख हुनेछन् भन्ने परिवर्तनको आशा र भरोशाको गीत आनन्द कार्की र सदिक्षा कट्टेलको स्वरमा छ ।
प्रतिक्रिया