
अमेरिकाको मध्यपश्चिम आयोवा राज्यमा आएको हिमपातको कारण डेल्टाको बिमान चिप्लिएको छ । ५४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेको डेल्टा कनेक्सनको एउटा विमान डे मोइन अन्तर्राष्ट्रिय विमानस्थलको बरफले ढाकिएको धावनमार्ग (रनवे)बाट चिप्लिएको हो ।
विमानस्थलकी सञ्चार व्यवस्थापक सारा हुडजरका अनुसार यो घटना राति करिब ९:३० बजे भएको हो। मिसिगन राज्यको डेट्रोइटबाट आएको उडानसंख्या ५०८७, जुन एन्डिवर एयर(हवाई सेवा)ले सञ्चालन गरेको थियो ।
एबिसीन्यूजले जनाए अनुसार अवतरण गर्ने क्रममा चिप्लिएर बिमानस्थल भित्र गुड्दै जाने मार्ग (ट्याक्सीवे)को पक्की बाटोबाट बाहिर गएको डेल्टा एयरलाइन्सले पुष्टि गरेको छ। विमान बम्बार्डियर सीआरजे-९०० ढाँचाको हो ।
यस दुर्घटनामा कसैलाई पनि चोट लागेन । सबै यात्रुहरूलाई विमानबाट सुरक्षित रूपमा निकालेर गाडीमार्फत टर्मिनल(अन्तिम बिन्दु) भवनसम्म पुर्याइएको थियो।
हुडजरले बताएअनुसार, यो घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ।
यसैबीच, जाडो मौसमका कारण शिकागो ओ’हेयर अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ। शनिबार दिउँसोसम्ममा त्यहाँ ९३० भन्दा बढी उडानहरू रद्ध भएका छन् भने ७५० भन्दा बढी ढिलो भएका छन्।
प्रतिक्रिया