
अमेरिकामा वर्षको सबैभन्दा ठूलो किनमेलको दिन ‘ब्ल्याक फ्राइडे’ अर्थात् कालो शुक्रबारको अवसरमा क्यालिफोर्नियाको एक बिशाल बजार(सपिङ मल)मा गोली चलेको छ। प्रहरीले दिएको जानकारी अनुसार गोली लागेर दुई जना घाइते भएका छन्।
यो घटना सान्टा क्लारास्थित भ्याली फेयर मल(बिशाल बजार) मा भएको हो। प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
यो घटना ‘एक्लो’ भएको र सर्वसाधारणको सुरक्षामा थप खतरा नरहेको सान होजे प्रहरी विभागले जनाएको छ। तर पनि, कुनै खतरा नहोस् भनेर प्रहरीले पूरै मल खाली गराएको थियो।
ब्ल्याक फ्राइडे अर्थात् कालो शुक्रबार भनेको थ्याङ्क्सगिभिङ पर्व(धन्यबाद दिवस)को भोलिपल्ट पर्ने दिन हो, जुन अमेरिकामा जाडो महिनाको किनमेल मौषम को औपचारिक सुरुवात मानिन्छ।
यो दिन पारेर ठूलो सङ्ख्यामा मानिसहरू सामान किन्न बिशाल बजारमा भेला भएका थिए। सान होजे र सान्टा क्लारा शहरहरू सान फ्रान्सिस्कोबाट करिब ८० किलोमिटर दक्षिणमा छन्। गोलीकाण्डपछि किनमेल गर्न आएका मानिसहरू त्रसित भई मलबाट बाहिर निस्केका थिए।
प्रतिक्रिया