
विजय थापा । अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुले ” धन्यवाद दिवस ” अर्थात् ”थ्याङ्कसगिभिङ् डे “हर्सौल्लास साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठूलो पर्वका रुपमा मनाइने ” धन्यवाद दिवस “मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाईलाई आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरुद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् ।
अमेरिकामा १-३ घण्टा सम्म समय फरक हुनाले यो मनाउने क्रम अझ जारी छ भने गत बुधबार देखि नै अनौपचारिक रुपमा थ्याङ्कसगिभिङ् इभ या टर्की इभ भन्दै खुसियाली मनाईएको छ ।
यस पर्वमा मुख्य रुपमा अमेरिकामा पाइने कालिज जस्तो ठुलो चरा टर्की अर्थात् पातालमयूरको मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरु समेत यसमा खाने चलन छ ।

यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडी व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ” पार्डोनिंग ” अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन ।
राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । यस बर्ष पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वटा टर्कीलाई व्हाइट हाउसमा एक समारोहका बीच क्षमा गरे । ती माफ गरिएका टर्कीलाई नर्थ क्यारोलाइना लागिएको छ ।
परम्पराको इतिहास:
यो परम्पराको सुरुवात सन् १८८९ मा राष्ट्रपति जर्ज एच.डब्लु. बुशले औपचारिक रूपमा टर्कीलाई माफी दिएपछि सुरु भएको थियो । यद्यपि, राष्ट्रपति अब्राहम लिंकनले आफ्नै छोराको अनुरोधमा पहिले पनि एक टर्कीलाई जोगाइदिएका थिए । टर्कीलाई बचाउने प्रयासको पहिलो घटना सन् १८६३ मा भएको मानिन्छ।
राष्ट्रपति अब्राहम लिंकनले आफ्ना छोरा ट्याडको विशेष अनुरोधमा एक टर्कीलाई काटिनबाट बचाएका थिए। छोरा ट्याडले त्यो टर्कीलाई एकदमै मन पराएपछि दयालु लिंकनले त्यसलाई जीवनदान दिएका थिए। तर, यो कुनै औपचारिक ‘माफी’ थिएन, केवल एक पिताले छोराको खुशीका लागि गरेको दयालु काम मात्र थियो, र यो त्यस समयमा वार्षिक परम्परा बनेको थिएन।

यो ”थ्याङ्कसगिभिङ् डे ” अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांशले मनाउन प्रारम्भ गरेका छन् । तथापी सवै निजि क्षेत्रबाट संचालनमा रहेका ठूला पसलहरु खुला भएता पनि अन्य दिन भन्दा अलिक छिटो बन्द हुने गर्छन । अमेरिकामा पहिलो पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताले यसलाई निकै मनोरंजन गर्ने रुपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने हुनाले पहिला पुस्ताका नेपाली समुदायले भव्य रुपमा मनाउने गर्छन । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन पनि हुन्छ ।

“धन्यवाद दिवस”थ्याङ्कसगिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रुपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।
अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ ।
अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे )भनिन्छ। उक्त कालो शुक्रबारको दिन अत्यधिक सस्तोमा सामान बिक्रि गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ । यो पर्व सकिने बित्तिकै मानिसहरु पसलका ढोकाहरु अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन ।
ईतिहास : वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । यो पर्व हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाउने गरिन्छ। युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालिन समयमा खेतीपाती गर्न प्रारम्भ गरे । फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको भनिन्छ ।

यस वर्ष थ्याङ्क्सगिभिङको दिन करिब ३ करोड टर्की उपभोग हुने अनुमान गरिएको छ। अमेरिकन फार्म ब्युरो फेडरेशन (संघिय बिभाग) को सर्वेक्षणअनुसार, १० जनाका लागि टर्की, रोटी, सुठुनी लगायतका सबै परिकार समावेश भएको रात्री भोजनको औसत खर्च ५५.१८ डलर खर्च लाग्नेछ। गत वर्ष (२०२४) को तुलनामा यस वर्ष थ्याङ्क्सगिभिङ डिनर अर्थात् रात्री भोजनको खर्च घटेको छ । परम्परागत थ्याङ्क्सगिभिङ खानाको खर्च औसतमा गत वर्षको तुलनामा ५% सस्तो भएको छ।
धन्यबाद दिवस परम्परा सन् १९३० को दशकमा स्थापित भएको थियो । जब दुई वर्षको थ्याङ्क्सगिभिङ पाँचौं बिहीबार परे पछि सन् १९४१ मा प्रत्येक नोभेम्बर महिनाको चौथो बिहीबार हुने गरी एउटा कानून पारित गरिएको थियो।
विश्वमा सबैभन्दा बढी टर्की मासु उत्पादन गर्ने देश संयुक्त राज्य अमेरिका हो। अमेरिका विश्वमा लगातार सबैभन्दा ठूलो टर्की उत्पादकको रूपमा रहेको छ। यसले विश्वको कुल टर्की मासु उत्पादनको ठूलो हिस्सा (प्रायः ४०% भन्दा बढी) ओगट्छ।
मिनेसोटाले अमेरिकामा लगातार नम्बर १ टर्की उत्पादन गर्ने राज्यको रूपमा स्थान कायम राखेको छ। यस राज्यले हरेक वर्ष कुल टर्कीको सङ्ख्यामा सबैभन्दा बढी उत्पादन गर्छ, जुन अमेरिकाको कुल टर्की उत्पादनको १६% देखि १८% सम्म हुन्छ।
प्रतिक्रिया