डिसी गोलीकाण्डपछि बाइडेन प्रशासनले १९ वटा जोखिमपूर्ण देशका मानिसलाई दिइएको स्थायी आवासीय पत्रको फेरि जाँच हुने

इनेप्लिज २०८२ मंसिर १२ गते २१:१३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १९ वटा ‘जोखिमपूर्ण’ देशहरूका मानिसहरूलाई जारी गरिएको ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) हरूको पूर्ण रूपमा पुनःजाँच गर्ने भएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससिआइएस ) का निर्देशक जो एड्लोले राष्ट्रपति ट्रम्पको निर्देशनमा यो काम सुरु गर्न आदेश दिएको सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्।

अफगानिस्तान,बर्मा (म्यानमार),चाड,कङ्गो गणतन्त्र,इक्वेटोरियल गिनी,एरिट्रिया ,हैटी ,इरान,लिबिया,सोमालिया,सुडान ,यमन ,बुरुन्डी,क्युबा ,लाओस,सिएरा लियोन,टोगो ,तुर्कमेनिस्तान र भेनेजुएला सहित १९ वटा राष्ट्र समावेश छन्। तर नेपाल यस सूचीमा परेको छैन् ।

यो निर्णय गर्नुको मुख्य कारणको रूपमा वाशिंगटन डिसीमा दुई जना राष्ट्रिय सैनिकका सदस्यहरूलाई गोली हानिएको घटनालाई औँल्याइएको छ। ट्रम्पले यस घटनालाई अध्यागमनमा थप कडाइ गर्ने बहानाको रूपमा प्रयोग गरेका छन्।

गोलीकाण्डका आरोपी सन् २०२१ मा अमेरिकालाई सहयोग गरेबापत अपरेशन अलि वेलकम अन्तर्गत अफगानिस्तानबाट अमेरिका आएका थिए। उनलाई गत अप्रिलमा मात्र शरणार्थीको दर्जा दिइएको थियो।

यसै सन्दर्भमा, आन्तरिक सुरक्षा विभाग (डिएचएस) ले बाइडेन प्रशासनले स्वीकृत गरेका सबै शरणार्थी मुद्धाहरूको पनि समीक्षा गरिरहेको बताएको छ।

प्रतिक्रिया