शान्तिको सन्देश लिएर टर्की पुगे पोप लियो चौधौं: भव्य स्वागत र सैन्य सम्मान

इनेप्लिज २०८२ मंसिर १२ गते १३:४४ मा प्रकाशित

क्याथोलिक धर्मका सर्वोच्च धर्मगुरु (पोप) लियो चौधौं आफ्नो पहिलो विदेश भ्रमणका लागि टर्कीको अंकारास्थित एसेनबोगा विमानस्थलमा उत्रँदा उनलाई सैन्य सम्मान गारद सहित भव्य स्वागत गरियो।

सर्वोच्च धर्मगुरुले टर्कीका संस्कृति तथा पर्यटन मन्त्री, अन्य अधिकारीहरू र चर्चका वरिष्ठ व्यक्तित्वहरूसँग हात मिलाए । त्यसपछि उनले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गरेका छन् । उनले विभिन्न देशका राजदूतहरूसँग कुरा गर्ने कार्यक्रम रहेको छ ।

यो भ्रमण टर्कीको लागि धेरै महत्त्वपूर्ण मानिएको छ। टर्की ८ करोड ५० लाखभन्दा बढी मानिस भएको र धेरैजसो सुन्नी मुसलमान रहेको देश हो। अहिले युक्रेनमा युद्ध रोक्न र मध्यपूर्वमा तनाव कम गर्नका लागि टर्कीले शान्ति वार्तामा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

यात्रामा निस्कनुअघि नै पोप लियो चौधौंले आफ्नो मनपर्ने बिधुतिय खेल वोर्डल खेलिसकेको कुरा विमानमा पत्रकारहरूलाई बताए । पोपले आफ्नो यो पहिलो विदेश भ्रमणको ऐतिहासिक महत्त्व बुझेको बताउँदै यसले विश्वमा शान्ति ल्याउन र इसाई धर्म मान्नेहरूका लागि ठूलो अर्थ राख्ने कुरामा जोड दिए ।

अंकाराका स्थानीय बासिन्दाहरूले पोपले आधुनिक टर्कीका संस्थापक मुस्तफा केमाल अटाटर्कको समाधिमा गएर सम्मान गरेकोमा प्रशंसा व्यक्त गरे।

सर्वोच्च धर्मगुरुको आगमनले अटाटर्कको प्रसिद्ध भनाइलाई पनि सम्झाएको छ: “घरमा शान्ति, संसारमा शान्ति।” धेरै मानिसहरूले विश्वमा युद्ध भइरहेको यो समयमा पोपको भ्रमणले शान्तिको सन्देश दिएकोले यो धेरै अर्थपूर्ण भएको बताएका छन्।

पोपले अटाटर्कको समाधिमा गएर फूलको माला चढाए र एक मिनेट मौन धारण गरे । त्यहाँको ‘सम्मानको किताब’ मा उनले यस्तो लेखे : “म टर्कीको भ्रमण गर्न पाएकोमा ईश्वरलाई धन्यवाद दिन्छु र यस देश तथा यहाँका मानिसहरूमा प्रशस्त शान्ति र समृद्धि छाओस् भन्ने कामना गर्दछु।”

प्रतिक्रिया