
अमेरिकी नागरिकता र आप्रवासन सेवा(युएससिआइएस)ले अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन अनुरोध अनिश्चितकालका लागि रोकिएको घोषणा गरेको छ। यो निर्णय सुरक्षा र पूर्वजाँच प्रक्रियाको समीक्षा भएपछि मात्रै फेरि खोलिने बताइएको छ।
यो घोषणा केही समयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंग्टन डीसीमा भएको गोलीकाण्डबारे टिप्पणी गरेपछि आएको हो। गोलीकाण्डमा दुई राष्ट्रिय सैनिक (नेशनल गार्ड) सदस्य घाइते भएका थिए । साथै संदिग्ध आक्रमणकारी एक अफगान नागरिक रहेको खुलेको छ। उक्त नागरिक सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए।
ट्रम्पले भनेका छन्, “हामीले बाइडेनकालमा अमेरिका प्रवेश गरेका हरेक अफगान नागरिकको पुनःजाँच गर्नुपर्छ। जसको देशमा हुनु आवश्यक छैन वा जसले देशको फाइदा पुर्याउँदैन, तिनीहरूको निष्कासन गर्न सबै कदम चाल्नुपर्छ।”
यस कदमले अफगान नागरिकहरूको आप्रवासनमा अस्थायी रोक र सुरक्षा जाँचको कडा समीक्षा सुनिश्चित गर्ने उद्देश्य रहेको छ।
प्रतिक्रिया