
ह्वाइट हाउस नजिकै नेशनल गार्ड ( राष्ट्रिय सुरक्षाकर्मी)का जवानहरूलाई गोली हान्ने शङ्कास्पद व्यक्तिबारे नयाँ जानकारी बाहिर आएको छ। एसोसिएटेड प्रेस स्रोतहरूका अनुसार अनुसन्धानकर्ताहरूले शङ्कास्पद व्यक्ति अफगानिस्तानका नागरिक भएको विश्वास गरेका छन् ।
एसोसिएटेड प्रेसका अनुसार उनि सेप्टेम्बर २०२१ मा अमेरिका प्रवेश गरेका थिए। उनी पछिल्लो समय वासिङ्टन राज्यमा बसोबास गर्दै आएका थिए। अधिकारीहरूले ती शङ्कास्पद व्यक्तिको नाम रहमानुल्लाह लकनवाल भएको बताएका छन्।
यद्यपि, अधिकारीहरूले उनको पृष्ठभूमि पूर्ण रूपमा पुष्टि गर्न अझै काम गरिरहेका छन्।
एपीले जनाए अनुसार यो जानकारी दुई जना कानून प्रवर्तन अधिकारीहरू र घटनासँग परिचित एक व्यक्तिले दिएका हुन्। उनीहरूले अनुसन्धान जारी रहेकाले आफ्नो नाम नबताउने शर्तमा यो जानकारी दिएका थिए।
प्रतिक्रिया