
अमेरिकी ट्रम्प प्रशासनले पूर्व राष्ट्रपति जो बाइडेनकोकार्यकालमा अमेरिका प्रवेश गरेका लाखौं शरणार्थीहरूको मामिलामा ठूलो पुनर्समीक्षा गर्ने आदेश दिएको छ। यो आदेशसँगै उनीहरूको स्थायी बसोबास प्राप्त गर्ने प्रक्रियालाई अनिश्चितकालका लागि रोक लगाइएको छ।
आन्तरिक सरकारी सूचना अनुसार, जनवरी २०, २०२१ देखि फेब्रुअरी २०, २०२५ सम्म अमेरिका प्रवेश गरेका करिब २,३३,००० शरणार्थीहरूलाईयो निर्णयले सीधै असर गर्नेछ। बाइडेन प्रशासनले शरणार्थीहरूलाई छिटो भित्र्याउनका लागि ‘विस्तृत सुरक्षा जाँच’ लाई कम महत्त्व दिएको ट्रम्प प्रशासनको भनाइ छ ।
नयाँ आदेशअनुसार अब ती शरणार्थीहरूको मुद्धाको पुनः जाँच गरिनेछ र उनीहरूलाई फेरि अन्तर्वार्ता लिन सकिनेछ। यदि मुख्य शरणार्थी (परिवारका मुख्य व्यक्ति) को आवेदन अस्वीकार भएमा, उनीहरूका परिवारका सदस्यहरूको शरणार्थी स्थिति पनि रद्द हुनेछ ।
सिबिएसन्यूजका उनीहरूलाई देश निकाला गर्ने प्रक्रियामा राखिनेछ।
यससँगै, ट्रम्प प्रशासनले यस आर्थिक वर्षका लागि शरणार्थी प्रवेशको सीमा घटाएर इतिहासकै सबैभन्दा कम ७,५०० मा झारेको छ। यो योजनामा स्वेत दक्षिण अफ्रिकीहरूलाई प्राथमिकता दिने निर्णय पनि गरिएको छ। यो कदमले अमेरिकामा शरण खोजिरहेका धेरै परिवारमा डर र अनिश्चितता पैदा गरेको छ।
यो समाचार सर्वप्रथम सिएनएनले प्रकाशित गरेको हो ।
प्रतिक्रिया