धन्यबाद दिवस(थाङ्क्सगिभिङ्ग)को अवसरमा ट्रम्पले दिए दुई टर्कीलाई माफी

इनेप्लिज २०८२ मंसिर ११ गते ०:०३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक धन्यवाद दिवस (थाङ्क्सगिभिङ्ग)अगाडी परम्परा अनुसार टर्की ( पाताल मयुर)हरूलाई माफी दिएका छन्। यो वर्ष “गब्बल” नामको पाताल मयुर (टर्की)ले औपचारिक रूपमा राष्ट्रपतिबाट माफी पायो।

राष्ट्रपति ट्रम्पले यस वर्षका मुख्य टर्की गब्बल र वैकल्पिक टर्की वाडललाई माफी दिएर धन्यवाद दिवस (थाङ्क्सगिभिङ्ग)अगाडी रात्री भोजनको खानाबाट जोगाएका छन्।

व्हाइट हाउसका अनुसार गब्बलको तौल ५२ पाउन्ड (लगभग २३.५ किलो) छ, जबकि वाडल को तौल ५० पाउन्ड (लगभग २२.६ किलो) छ।

दुवै टर्की जुलाई १४ मा जन्मिएका थिए र माफी समारोह अघि विलासी अतिथिगृह (होटेल)को कोठामा बसेका थिए।

ट्रम्पले गत वर्षका टर्कीहरू पीच र ब्लोसमलाई पनि माफी दिएको बताए। उनले मजाक गर्दै भने पूर्व राष्ट्रपति जो बाइडेनले ‘अटो ओपन’ (आफैँ कलम नचलाई यन्त्रले हस्ताक्षर गर्ने यन्त्र) प्रयोग गरेर माफी दिएकोले त्यो अवैध भएको थियो । उनीहरूलाई ‘प्रशोधन’ गर्न लागिएको थियो।

उनले टर्कीहरूको नाम चक र न्यान्सी (सिनेट अल्पमतका नेता चक शुमर र पूर्व सभामुख न्यान्सी पेलोसीको सन्दर्भमा राख्ने विचार गरेको पनि बताए, तर त्यसो भएको भए उनीहरूलाई माफी नदिने भनेर व्यङ्ग्य गरे।

ट्रम्पले टर्कीलाई माफी दिने समारोहलाई ट्रम्पले चुनावी भेला जस्तो बनाएर राजनीतिक मुद्दाहरूमा पनि कुरा गरे। उनले डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकर लाई सार्वजनिक रूपमा गाली गरे। उनले शिकागोमा बढ्दो अपराधको बारेमा कुरा गरे र गभर्नरलाई “मोटो, अल्छी व्यक्ति” भन्दै खिसी गरे।

राजनीतिक कुराहरू सकेपछि उनले गम्भीर हुँदै भने, “गब्बल, तिमीलाई बिना शर्त माफी दिइएको छ।” माफी पाएपछि गब्बल र वाडललाई नर्थ क्यारोलाइना राज्य बिश्वबिद्यालय (स्टेट युनिभर्सिटी) पठाइनेछ। त्यहाँ उनीहरूले आफ्नो बाँकी जीवन टर्की उद्योगको राजदूतको रूपमा बिताउनेछन्।

परम्पराको इतिहास:

यो परम्पराको सुरुवात सन् १८८९ मा राष्ट्रपति जर्ज एच.डब्लु. बुशले औपचारिक रूपमा टर्कीलाई माफी दिएपछि सुरु भएको थियो । यद्यपि, राष्ट्रपति अब्राहम लिंकनले आफ्नै छोराको अनुरोधमा पहिले पनि एक टर्कीलाई जोगाइदिएका थिए । टर्कीलाई बचाउने प्रयासको पहिलो घटना सन् १८६३ मा भएको मानिन्छ।

राष्ट्रपति अब्राहम लिंकनले आफ्ना छोरा ट्याडको विशेष अनुरोधमा एक टर्कीलाई काटिनबाट बचाएका थिए। छोरा ट्याडले त्यो टर्कीलाई एकदमै मन पराएपछि दयालु लिंकनले त्यसलाई जीवनदान दिएका थिए। तर, यो कुनै औपचारिक ‘माफी’ थिएन, केवल एक पिताले छोराको खुशीका लागि गरेको दयालु काम मात्र थियो, र यो त्यस समयमा वार्षिक परम्परा बनेको थिएन।

जर्ज एच.डब्लु. बुशले आफूलाई उपहार दिइएको टर्कीलाई हेरेर हाँस्दै घोषणा गरे, “यसलाई अहिले नै राष्ट्रपतीय माफी दिइएको छ।” बुशको यही घोषणापछि टर्कीलाई ‘माफी’ दिने काम ह्वाइट हाउसको नियमित र औपचारिक वार्षिक परम्परा बन्यो, जुन आजसम्म चलिरहेको छ।

लिंकनको समयमा दया देखाएर टर्की बचाइएको थियो, तर त्यसलाई ‘माफी दिने’ नाम दिएर वार्षिक परम्पराको रूपमा सुरु गर्ने श्रेय भने राष्ट्रपति बुशलाई जान्छ।

प्रतिक्रिया