
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृतिम बुद्धिमत्ताको प्रयोग गरेर वैज्ञानिक आविष्कारको गति बढाउनका लागि सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
जेनेसिस मिसन” अर्थात् उत्पत्ति अभियान नाम दिइएको यस पहलको लक्ष्य, ऊर्जा विभाग र त्यसका राष्ट्रिय प्रयोगशालाहरूलाई प्रयोग गरी एउटा एकीकृत कृतिम बुद्धिमत्ता मंच बनाउनु हो।
यसको मुख्य उद्देश्य सरकारी, विश्वविद्यालय तथा निजी क्षेत्रबाट आउने विज्ञान, अभियन्त्रणा (इन्जिनियरिङ), ऊर्जा र स्वास्थ्यसम्बन्धी विशाल तथ्याँक समूहरूलाई सुपरकम्प्युटिङ( धेरै तेज सुसाख्य यन्त्र प्रयोग गरेर कठिन हिसाब–किताब गर्ने प्रविधि ) प्रविधिमार्फत विश्लेषण गरी अनुसन्धान र वैज्ञानिक आविष्कारको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउनु हो।
यसबाट रोगको उपचारजस्ता क्षेत्रमा छिटो सफलता हासिल हुने ह्वाइट हाउसले अपेक्षा गरेको सिविएसन्यूजले जनाएको छ ।
राष्ट्रपति ट्रम्पका विज्ञान सल्लाहकार माइकल क्रास्टिओसले यो “जेनेसिस मिसन” लाई ‘एपोलो कार्यक्रम’पछि सङ्घीय वैज्ञानिक स्रोतहरूको सबैभन्दा ठूलो परिचालन भनेर व्याख्या गरेका छन्।
यो प्रणालीले आविष्कारको समयलाई वर्षौंबाट घटाएर दिन वा घण्टामा ल्याउने विश्वास गरिएको छ।
यसबाट वैज्ञानिकहरूले थप साहसी परिकल्पनाहरू परीक्षण गर्न र हालसम्म पुग्न नसकिएका ठूला सफलताहरू पत्ता लगाउन सक्षम हुनेछन्।
यो पहल ऊर्जा विभागका १७ राष्ट्रिय प्रयोगशालाहरूमा रहेका सुपरकम्प्युटर(धेरै तेज सुसाख्य यन्त्र प्रयोग गरेर कठिन हिसाब–किताब गर्ने प्रविधि )बाट सुरु हुनेछ, यद्यपि ट्रम्प प्रशासनले थप सुपरकम्प्युटरहरू निर्माण गर्ने योजना बनाएको छ।
ह्वाइट हाउसले यो मिसनको सफलताका लागि संसदबाट थप आर्थिक सहयोग आवश्यक पर्न सक्ने संकेत गरेको छ।
प्रतिक्रिया