ट्रम्प र मम्दानी बीच भेट:  निर्वाचित नगर प्रमुखको विचार बदलिनेछ” – ट्रम्प

इनेप्लिज २०८२ मंसिर ६ गते २१:२१ मा प्रकाशित
Screenshot

न्यूयोर्कका नयाँ निर्वाचित नगर प्रमुख जोहरान मम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।

ह्वाइट हाउसको ओभल कार्यलयमा भएको यो भेट निकै राम्रो र फलदायी रहेको मम्दानीले बताए।

भेटपछि राष्ट्रपति ट्रम्पले मम्दानीको खुलेर प्रसॅशा गरे। ट्रम्पले चुनावमा मम्दानीले “धेरै चलाख मानिसहरूलाई” हराएकोले उनको जितको प्रशंसा गरे ।

ट्रम्पले मम्दानीले  भविष्यमा आफ्नो केही विचारहरू परिवर्तन गर्ने रोचक कुरा बताए । आफू सार्वजनिक पदमा आएपछि “मेरो पनि केही विचारहरू बदलिएका छन्” उनले भने ।

Screenshot

म ओभल अफिस( कार्यालय)मा पत्रकारहरूसँग कुरा गर्दै भने, “म न्यूयोर्कका मानिसहरूको लागि सस्तो जीवनशैली  प्रदान गर्न मिलेर काम गर्न तत्पर छु।”मम्दानीले भने ।

ट्रम्पले पनि थपे, “हाम्रो एक मात्र साझा लक्ष्य छ, त्यो हो– हामीले माया गर्ने यो शहरले धेरै राम्रो गरोस्।” 

भेटको क्रममा मम्दानीको अनुहारमा कुनै खास भाव देखिएको थिएन, तर ट्रम्प भने उनको प्रशंसा गर्नमा व्यस्त देखिए।

प्रतिक्रिया