अमेरिकामा सेप्टेम्वर महिनामा ११९ हजारलाई नयाँ रोजगारी 

इनेप्लिज २०८२ मंसिर ५ गते १९:३९ मा प्रकाशित

सात हप्ता लामो संघीय सरकार वन्द ‘शटडाउन’ का कारण ढिलाइ भएको श्रम विभागको प्रतिवेदनले गत सेप्टेम्बरमा ११९,००० नयाँ रोजगारी सिर्जना भएको देखाएको छ ।

यो अर्थशास्त्रीहरूले अनुमान गरेको ५०,००० को भन्दा दोब्बरभन्दा बढी हो।

तर प्रतिवेदनका पछाडिका तथ्यांक भने चिन्ताजनक छन्।

श्रम विभागले अघिल्ला महिनाको रोजगार संख्या कम भएको स्वीकार गर्दै संशोधन जारी गरेको छ।

एपिले समाचारमा जनाए अनुसार अगस्तमा २२,००० रोजगार बढेको भनिए पनि पछिल्लो संशोधनले त्यस महिनामा ४,००० रोजगारी गुमेको पुष्टि गर्यो।

यसै गरि जुलाई र अगस्त महिना मिलाएर ३३,००० रोजगारी अघिल्लो गणनाबाट हटाइएको छ ।

त्यसअघि जुनमा पनि रोजगारी घटेको थियो । २०२० को महामारीपछिको पहिलो पटक एकै वर्षमा दुई महिना नकारात्मक रोजगार वृद्धि देखिएको यो घटना हो ।

सेप्टेम्बरको उछाल सकारात्मक भए पनि अघिल्ला महिनाका कमजोर तथ्यांकले अमेरिकी श्रम बजारको स्थिरता बारे चिन्ता बढाएकोछ ।

प्रतिक्रिया