ट्रम्पद्वारा यौन अपराधी जेफ्री एप्सटिन मुद्दाका मिसिलहरू सार्वजनिक गर्ने विधेयकमा हस्ताक्षर

इनेप्लिज २०८२ मंसिर ५ गते २:२५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री प्सटिन सम्बन्धी मुद्दाका सम्पूर्ण फाइलहरू सार्वजनिक गर्न प्रशासनलाई बाध्य पार्ने विधेयकमा हस्ताक्षर गरेको घोषणा गरेका छन्। उनले बुधवार राति आफ्नो सामाजिक सञ्जाल(ट्रुथ सोसल)मा यसबारे जानकारी दिए।

ट्रम्पको सामाजिक सञ्जाल प्रकाशन र राजनीतिक आरोप :

आफ्नो सामाजिक सञ्जाल प्रकाशनमा, ट्रम्पले डेमोक्रेटहरूलाई बदनाम गरिएका वित्तदाता (फाइन्यान्सर) एप्सटिन सँगको सम्बन्धको आरोप लगाएका छन्। उनले भनेका छन्, “हुनसक्छ यी डेमोक्रेटहरू र उनीहरूको जेफ्री एप्सटिनगको सम्बन्धको सत्यता छिट्टै खुलासा हुनेछ, किनभने मैले भर्खरै एप्सटिन मिसिल (फाइल)हरू जारी गर्ने विधेयकमा हस्ताक्षर गरेको छु”

ट्रम्पले फेरि पनि एप्सटिन फाइलहरूलाई आफ्नो कार्यसूची (एजेन्डा)बाट ध्यान हटाउने प्रयास र “डेमोक्रेटिक प्रपञ्च” भनेका छन्, जुन “अरू सबै प्रपञ्च जस्तै डेमोक्रेटहरूलाई नै उल्टो पर्नेछ!”

न्याय विभागको अडान र अपवादहरू :

यसैबीच, महान्यायाधिवक्ता पाम बोन्डीले एप्सटिनका मिसिलहरू कसरी सार्वजनिक गरिन्छन् भन्नेबारे प्रश्नहरूको सामना गरेकी छन्। उनले भनेकी छन्, “हामीले कंग्रेसमा ३३,००० भन्दा बढी एप्सटिनका कागजातहरू जारी गरिसकेका छौं, र हामी कानूनको पालना गर्दै अधिकतम पारदर्शिता कायम राख्नेछौं। साथै, हामी सधैँ सबै पीडितहरूलाई अगाडि आउन प्रोत्साहित गर्छौं।”

विधेयकले एप्सटिनसँग सम्बन्धित सरकारी अभिलेखहरू, घिसलेन म्याक्सवेलका अभिलेखहरू, र अन्य व्यक्तिहरू (सरकारी अधिकारीहरू सहित) को नाम वा सन्दर्भहरूलाई सार्वजनिक गर्न बाध्य पार्छ। यद्यपि, विधेयकमा अपवादहरू पनि छन् जसले मिसिलहरूको सम्पूर्ण सामग्री कहिले र के जारी हुन्छ भन्नेमा असर पार्न सक्छ:

महान्यायाधिवक्ता बोन्डीले मिसिललहरूमा “नयाँ जानकारी, थप जानकारी” रहेको बताउँदै, विभागले फाइलहरूलाई जारी रहेको अनुसन्धानसँग सम्बन्धित देखाएर सार्वजनिक हुनबाट रोक्न सक्ने सम्भावना छ। पीडितहरूको नाम, पहिचान र बालयौन दुर्व्यवहारका सामग्रीहरू भने सार्वजनिक गर्नबाट छुट दिइएको छ।

एक संघीय न्यायाधीशका अनुसार ती अभिलेखहरूको कुल संख्या करिब १,००,००० पृष्ठ रहेको छ। एप्सटिनको दुर्व्यवहारका पीडितहरूले वर्षौंदेखि यस विषयमा सार्वजनिक जवाफदेहिताको लागि निरन्तर दबाब दिँदै आएका थिए।

ट्रम्पले महिनौँ अघि नै धेरै फाइलहरू आफैँले सार्वजनिक गर्ने निर्णय गर्न सक्थे। ट्रम्प दोस्रो कार्यकालको लागि ह्वाइट हाउस फर्कनुअघि उनका केही निकट राजनीतिक सहयोगीहरूले एप्सटिन मुद्दाको सरकारी प्रबन्धको बारेमा षड्यन्त्रका सिद्धान्तहरूलाई बढावा दिन सहयोग गरेका थिए।

प्रतिक्रिया