
संघीय न्यायाधीशहरूले टेक्ससको नयाँ चुनावी नक्सा प्रयोग गर्न रोक लगाएको केही घण्टापछि नै राज्यका नेताहरूले यो निर्णयविरुद्ध अमेरिकी सर्वोच्च अदालतमा अपील दर्ता गरेका छन्।
रिपब्लिकन दलले बनाएको यो नयाँ नक्सा राष्ट्रपति ट्रम्पको आगामी वर्षको मध्यकालीन चुनावमा अमेरिकी प्रतिनिधि सभामा आफ्नो बहुमत कायम राख्ने प्रयासको एक हिस्सा थियो।
तीन न्यायाधीशको समूहले २-१ को मतले यो नक्सा रोक्ने फैसला गर्यो। यसबाट रिपब्लिकनहरूलाई ठूलो धक्का लागेको छ भने डेमोक्र्याटिकहरूले खुसी मनाएका छन् ।
नयाँ नक्सा लागू भएमा रिपब्लिकनहरूले टेक्ससमा पाँच सिट थप जित्ने अनुमान थियो। तर, फैसला गर्ने दुई न्यायाधीशहरूले नयाँ नक्सा ‘जातीय रूपमा हेरफेर गरिएको’ र गैरकानूनी भएको बताए।
टेक्ससका गभर्नर ग्रेग आबोटले यो निर्णयलाई ‘स्पष्ट रूपमा त्रुटिपूर्ण भन्दै यसले टेक्ससको विधायिकाको अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन्।
डेमोक्र्याटिक सांसदहरूले अदालतको निर्णयको प्रशंसा गर्दै यसलाई जातीय मतदाताहरूलाई अधिकारबाट वञ्चित गर्ने प्रयासविरुद्धको जित बताएका छन्। अब सांसदहरूले सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा गर्दै आफ्नो पुरानै क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका छन्।
प्रतिक्रिया