
अमेरिकी सिनेटले जेफ्री एपस्टिन सम्बन्धी सबै गोप्य कागजातहरू सार्वजनिक गर्नुपर्ने कानुनलाई सर्बसम्मतिले पारित गर्न सहमत भएको छ।
यसको अर्थ हो, जब प्रतिनिधि सभाबाट यो विधेयक सिनेटमा आउँछ, यो कुनै पनि बहस वा संशोधनबिना सिधै पारित हुनेछ । र , राष्ट्रपति डोनाल्ड ट्रम्प को हस्ताक्षरका लागि पठाइनेछ। मंगलबार अबेर साँझ सिनेटले यो निर्णय लिएको हो।
यसअघि, प्रतिनिधि सभामा यो विधेयक भारी मतले पारित भएको थियो। सिनेटमा कसैले पनि विरोध गरेनन्, जसले पीडितहरू र यो सत्य जान्न चाहनेहरूका लागि ठूलो जित भएको छ।
राष्ट्रपति ट्रम्पले यो विधेयकमा हस्ताक्षर गर्ने बताएका छन्। यो कानुन बनेपछि न्याय विभागले एपस्टिनका सहयोगी घिलेन म्याक्सवेल र उनीहरूको आपराधिक गतिविधिमा जोडिएका अन्य उच्च पदस्थ व्यक्तिहरूको सबै अपरिभाषित अभिलेखहरू ३० दिनभित्र सार्वजनिक गर्न बाध्य हुनेछ।
एबिसीन्यूजका अनुसार यद्यपि, पीडितहरूको नाम र बाल यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्रीहरू भने सार्वजनिक गरिने छैन। न्याय विभागले कति मिसिलहरू जारी गर्छ भन्ने बिषयमा अझै केही स्पष्टता नभएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया