
रियल हिरो पल शाहको हातमा यतिखेर हत्कडी लागेको छ । अभिनेता शाहले भारतमा बैंक लुटेको आरोप लागेपछि हातमा हत्कडी लागेको हो । उनी भारतमा बैंक लुटेपछि नेपालमा लुकिछिपी बस्दै आयका थिए। वास्तवमा रियल हिरोको हातमा लागेको हत्कडी रियल नभई रिल लाइफमा भएको दृश्य हो । पल शाहको हातमा हत्कडी लगाउने व्यक्ति कोही नभएर भारतीय चर्चित नायिका श्वेता महरा हुन् । मशकविन नेपालेको अफिसियल युट्युब च्यानलबाट भर्खरै रिलिज भएको गीत “बेली चमेली” को भिडियोको दृश्यमा नायिका श्वेता महराले नायक पल शाहको हातमा हत्कडी लगाएकी हुन् ।
बिशेषगरि भारतमा आफ्नो बेग्लै पहिचान बनाएको मशकबिन स्टुडियोको प्रस्तुतीमा नेपालका संगीतकार राजेन्द्र बजगाईको शब्द तथा संगीतमा भारतीय चर्चित गायिका स्वाती भाटको दमदार स्वर रहेको “बेली चमेली” बोलको गीत मशकबिन स्टुडियोज टिम च्यानलको नेपाली युट्युब च्यानल “मशकबिन नेपाल” मार्फत सार्बजनिक भएको छ । पछिल्लो समय संगीतकार राजेन्द्र बजगाईको गीत पुतलीले पनि सर्बाधिक चर्चा कमाएको छ । त्यसैगरी मशकबिन स्टुडियोको प्रस्तुती रहेको “मेरा सैंया जी” “चाहका होटल” “किरिम पाउडर” जस्ता भारतिय गीतहरु र गायीका स्वाती भाटको “राम दाईका होटल” “सिलामी” जस्ता थुप्रै भारतीय गीतहरुले नेपालमा पनि चर्चा कमाईसकेका छन् ।
सुरेश जोशी निर्माता रहेको यस गीतमा स्वाती भाटको आवाजमा बिनोद ढकालको र्यापले कमाल गराई दिएको छ भने संगीत संयोजन (उत्पादन) मुम्बईका चर्चित संगीत संयोजक निशाद चन्द्राको रहेको छ । गीतको मिक्स माष्टरिङ्ग बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल मनीभनन आनन्दन (मुम्बई) ले गरेका छन् ।
नेपालका चर्चित कोरीयोग्राफर तथा निर्देशक कविराज गहतराजको निर्देशन तथा कोरीयोग्राफीमा भारतीय चर्चित नायिका तथा मोडल श्वेता महराको दमदार अभिनय तथा नृत्य हेर्न पाईने छ भने नेपालका चर्चित रियल हिरो तथा मोडल पल शाहलाई बेग्लै किसिमले प्रस्तुत गराइएको निर्देशक कबिराज गहतराज बताउँछन्। नेपाली नायक र भारतीय नायिकाको कोलाब्रेशन गरी काम गर्दा बिशेष रहेको बताउने निर्देशक गहतराजले राज टाईगर, बिन्दु रसाईली, रेन्सीका खत्री, शुरक्षा तामाङ्लाई समेत एकैसाथ नृत्य तथा अभिनय गराएका छन् ।
गीतमा भारतमा ठुला ठुला बलिउड कलाकारका हेयर डिजाईन गरिसकेका चर्चित हेयर स्टाईलिस् बिवेक कुमार (भारत), ले हेयर डिजाईन गरेका छन् भने मेकअपमा शन्तु तामाङ् र सरोज पान्डे, ड्रेस कुशुम बुटिक, प्रोजेक्ट म्यानेजर वेद शर्मा र अमिशा सुयाल (भारत), आर्ट जट्टा शंकर, फोटोग्राफर रक कौशलले गरेका छन् ।
प्राय चलचित्रको पर्दाको लागी मात्र समय दिन सक्ने छायाकार ९डिओपी० शुदिप बराल एण्ड टीम द्वारा छायांकन गरिएको यस गीतको भिडियो सम्पादन बन्दे प्रसाद ,कलर रेनिस फागो र पोष्टर राकेश दहालको रहेको छ भने प्रोडक्सन अर्जुन पोखरेलले गरेका छन् । यस गीतको सफलताको शुभकामना ।
प्रतिक्रिया