
११ अक्टोवर २०२५, वाशिङ्टन डिसी
बहुविधाका सकृय सर्जक गोविन्द गिरी प्रेरणा भर्जिनियाको च्याण्टिली शहरको एक होटलको सभाकक्षमा आयोजित उत्तर भर्जिनिया राज्यका कविहरुको साझा मञ्च “नोभा वार्डस” को आयोजनामा भएको कविता वाचन कार्यक्रममा सहभागी भई अङ्ग्रेजीमा लिखित आफ्नो कविता वाचन गरेका छन् ।

नोभा वार्डसले हरेक साल वार्षिक कविता सङ्कलन प्रकाशन गर्ने गर्दछ । सो प्रकाशन तयार भएपछि पुस्तक सार्वजनिकीकरण समारोह र त्यस सङ्कलनमा प्रकाशित कविहरूका कविता वाचन गर्ने परम्परा रही आएको छ ।
सो समारोहमा कवि प्रेरणाले “Pen and Pain” शिर्षक कविता वाचन गरेका थिए ।

सो पुस्तक सार्वजनिकीकरण समारोहमा प्रेरणा सहित २५ बढी अमेरिकी कविहरूले कविता वाचन गरेका थिए ।
कवि प्रेरणाले विगत ५ वर्षभन्दा बढी समयदेखि सो वार्षिक प्रकाशनमा आफूले मूल अङ्ग्रेजीमा लेखेका कविताहरू प्रकाशित हुँदै आइरहेको बताए ।

स्मरणीय छ, कवि प्रेरणा साँढे चार दशकभन्दा बढी समयदेखी नेपाली साहित्यका विविध विधामा निरन्तर लेखन तथा प्रकाशनमा सकृय रहँदै आएका छन् । पछिल्लो समयमा उनले लेखेको पारिजातको बृहत् जीवनी पुस्तक “सुश्री पारिजात” निकै चर्चामा रहेको छ ।
उनका कविताहरू हुन्दी, अङ्ग्रेजी, बङ्गाली, मैथिली, टर्किस, मलाय, चिनियाँ लगायत भाषामा अनुवाद भै प्रकाशित भएका छन् ।

प्रतिक्रिया