
सनातनी हिन्दूहरुको महान् पर्व विजया दशमीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । विश्वभर रहेका हिन्दू सनातनीहरुले आजैका दिन असत्यमाथि सत्यको विजय स्वरुप मनाइने विजया दशमीमा देवी दुर्गा भवानीले सबैमा सुख, समृद्धि, सुस्वास्थ्य तथा शान्ति प्रदान गर्नेछ भनी विश्वास लिएका छौं । माता दुर्गा भवानीले मानवको कल्याण, सद्भाव र प्रगतिको लागि आशिर्वचन प्रदान गरी एकताको भावनामा अभिवृद्धि गर्नेछ भनी कामना गर्दछौं ।
देशको विषम परिस्थितिलाई सहज, शान्त र समृद्ध बनाउनमा माता दुर्गा भवानीसँग कामना गर्दै यस परिस्थितिमा कुनै जाति, धर्म र समुदायविरुध गरिने र हुने गतिविधिले देशको एकतामा खलल पु¥याउने र सद्भाव विथोलिने भएकाले त्यस्तो कार्य कसैलाई पनि नगर्न नगराउन महासंघ सबैमा आग्रह गर्दछ ।
अहिले केही व्यक्तिहरुले पिछडावर्गका केही जातिलाई लक्षित गरी गरिने टिप्पणीप्रति महासंघको ध्यानाकर्षण भएको छ । जसलाई समयमै सच्याउन र भविष्यमा यस्तो गलती नदोहो¥याउन सचेत गराउन चाहन्छौं । एकता, सद्भाव र सहकार्यको लागि कार्य गर्दै महासंघ पिछडावर्गको अधिकार, पहिचान र समान सहभागिताको लागि निरन्तर संघर्षमा रहेको स्मरण गराउदै “अबको नेपाल सबैको नेपाल” बनोस् भन्ने कामना गर्दै पिछडावर्गमा रहेका सम्पूर्ण जात जातिहरुलाई एकताबद्ध भई आफ्नो अधिकार, पहिचान र समान सहभागिताको लागि कार्य गर्न अपील गर्दछौं ।
जय ओबीसी
मिति :२०८२ असोज १६ गते ।
कौशल कुमार सिंह
अध्यक्ष

प्रतिक्रिया