उत्तर अमेरिकामा बालकविता वाचन कार्यक्रम सम्पन्न

इनेप्लिज २०८२ असोज १२ गते १७:५९ मा प्रकाशित

सेप्टेम्वर २६ ।२०२५ साँझ अनेसास केन्द्रिय बालसमितिकोआयोजनामा उत्तर अमेरिकाको क्यानडाका र अमेरिकाका बिभिन्न राज्यहरूमा रहेका बालबालिकाहरूले कविता वाचन गरे । साना नानीबाबुहरूलेप्रवासमा जन्मिएर पनि नेपाली भाषामा कविता वाचन गरेर सुनाउँदा औँशीका रातमा जलेको सुन्दर द्धिपझै आभास हुन्थ्यो ।

सानीनानी कृती तिम्सिनाले वैद्विक मंत्रोचारण गरेर आफ्नो कविता वाचन गरर कार्यक्रमलाई सुन्दर तवरले सन्चालन गरेकी थिइन् ।अनेसास बालसमिति केन्द्रकासदस्य मिरा कोइरालाले कार्यक्रमको आरम्भमा सबैलाई आशनग्रहण गराउनु भयो । अतिथि तथा सहभागीहरुको आशाआशनग्रहण पश्चाद मन्तव्यद्वारा थियो । कार्यक्रममा पृती सिंखडा, आस्था सिंखडा, बर्दाचापागाई, परिधी ढुँगाना, आकृष्ट थापा, सुविज्ञा तिम्सिना ,आर्यना मगर,ईशा थापा, यूनी चटौत, आरभ अर्याल, प्रसून पौडेल, आहाना अधिकारी,आसस्मी श्रेष्ठ, दिव्या घिमिरे, दीपशिखा घिमिरे, सुलभ सिग्देल, कृषाडङ्गोल, सक्षम भण्डारी, आलिया मावो, अनाया कोइराला , अन्सातिम्सिना, काव्या सिग्देल, निरव खनाल, आरती अर्याल, रिभान बोहरा, आरोनराज घिमिरे , मौसमी ढुंगाना , प्रविना बराल, रिषभदेव बुडाथोकी, श्रीराज कार्की, रोनभ काफ्ले, निभान काफ्ले, आदम राई, प्रेमराज गिरी, दिव्या दाहाल, दिप दाहाल ,अनुषा थापा, श्रेयश थारूले कविता र गजलवाचनमा भाग लिएका थिए । कार्यव्यस्तता काम अनि स्पोर्ट्सका कक्षाभएका हुनाले थुप्रै बालकविहरू उपस्थित हुन सकेनन् ।

कार्यक्रममा अनेसास केन्द्रका महासचिव राजु सिटौला र बालसमितिसदस्य पद्मा लिङ्खा मगरले कविहरूका कविता र प्रस्तुत गर्ने कलालाईप्रसंसा गर्नु भएको थियो । बालसमितिका संयोजक सुरेन उप्रेतीलेकार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । अध्यक्षको आशनबाट कार्यक्रमकोअन्त्यमा मनतव्य राख्दै वालकविहरूको मुक्त कण्ठले प्रसंशा गर्नु भयो । भाषा साहित्य र संस्कृति भनेका हाम्रा पहिचान हुन । हामीले भाषालाईजोगाउन सकेनौ भने लटाइबाट छुटेको चंगा जस्तै अलपत्र पर्ने छौँ । समुन्द्रमाहराएको बेवारिसे डुंगा जस्तै हुने छौँ । बालबालिकाहरूको मस्तिष्कले धेरैभन्दा धेरै भाषाहरू सिक्न सक्दछ । हामीले अंग्रेजी र नेपाली भाषाकाअतिरिक्त अन्य भाषाहरू पनि सिकउन सक्दछौँ । तर नेपाली भाषा भनेकोहाम्रो पहिचान हो । सबैले आफ़ना नानीबाबुहरूसंग नेपाली भाषा बोलौँ । लेख्न र पढ्न सिकौँ । नेपाली भाषालाई माया गरौ तब मात्र हाम्रो नेपाली पहिचान जीवन्त रहन्छ भन्नु भयो ।

नेपाली बालबालिकाहरूका कविता राखेर अष्ट्रेलिया क्यानडा अमेरिकाफ्रान्स जर्मनी बेल्जियम पोर्चुगल डेनमार्क अफ्रिका मध्यपूर्वका देशहरूमाकविता क्यालेण्डर प्रकाशन गरेको कुरा बताउनु भयो । अमेरिकामा मात्र एकहजार क्यालेण्डर ल्याएर नेपाली घरघरमा अनेसासलाई पुर्याएको थियो । अब साउथएसिया भन्दा बाहिरका देशका बालबालिकाहरूका कविता संकलन गरीकविता संग्रह प्रकाशन गर्न लागिएको कुरा अध्यक्ष उप्रेतीले बताउनु भयो । अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेका पूज्यनिय पिता रामचन्द्र वाग्लेकोमहाप्रस्थान भएको तेह्रौ पुण्यतिथिमा शोक प्रकट गर्दै चिर शान्तिको कामनापनि गर्नु भयो । नेपालीहरू को महान चाड बिजया दशमी २०८२को सबैमामंगलमय शुभकामना व्यक्त गर्दै सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापनगर्नु भयो । उक्त कविता वाचन कार्यक्रमलाई अनेसासको फेसबुकबाट लाइभप्रसारण गरिएको थियो ।

सबै नेपाली बालबालिकाहरूले आफ्ना कविताहरूलाई[email protected] मा पठाएर पुस्तक प्रकाशनमा जोडिनका लागिश्री उप्रेतीले आव्हान गर्नु भयो । सो कार्यक्रमालाई यूट्यूब हेर्न सकिंछ!

प्रतिक्रिया