
अहिले देशमा जुन प्रकारको गंम्भीर राजनीतिक स्थिति पैदा भएको छ, त्यस प्रति हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गम्भीर ध्यानआकर्षित भएको छ । नेपालमा चल्ने विभिन्न आन्दोलनहरु भारतस्थित नेपालीहरुको चासो र चिन्ता हुनु स्वभाविक नै हो । विगतमा भएका प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनमा भारतस्थित नेपालीहरु महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । ७ दशक लामो संघर्षको बलमा नै देशमा जनताद्वारा निर्वाचित संबिधानसभाबाट संबिधानको निर्माण हुनु आफैमा ऐतिहासिक उपलब्धि थियो । गणतन्त्र, धर्मनिर्पेक्षता, समाबेशी-समानुपातिक प्रतिनिधीत्वको पद्धति संबिधानका सकारात्मक उपलब्धि हुन । हालाकी संबिधान निर्माण प्रक्रियामा हामी प्रवासी नेपालीहरु समाबेश हुनबाट वंचित भयौं । त्यस पछि बनेका सरकारहरुले पनि प्रवासी नेपालीका समस्यालाई सम्बोधन गर्न सकेनन् । संविधानमा संघीयतालाई सामेल गरिनु राष्ट्र, नेपाली जनताको हितमा छैन । हाम्रो संगठनले स्थापना काल देखि नै भारत प्रवासबाट राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा संघर्ष गर्दै आएका छ । नेपालको वर्तमान राजनैतिक अवस्थामा हामी निम्न विषयमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको ध्यानाकर्षण गराउदै हाम्रो धारणा राख्न चाहन्छौं ।
१.गत ८ सेप्टेम्बरका दिन नेपालका भएको आन्दोलनमा 21 युवाहरूको दुःखद मृत्यु एवं सयकडौं घाइते भएका छन् । आन्दोलनमा सरकारद्वारा बल प्रयोग गरिनु लोकतान्त्रिक एवं मानवअधिकार विरुद्ध हो र हामी त्यसको निन्दा गर्दछौं । संगठनको तर्फबाट मृत्यु भएका प्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछौं । साथै 9 सेप्टेम्बरको दिन जसरी सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको छ, त्यसलाई पनि कदाचित न्यायोचित मान्न सकिदैन र त्यसको पनि हामी निन्दा गर्दछौं ।
२.अहिलेको तरल अवस्था हाम्रो संगठन राजनीतिक समस्याको समाधान विद्यमान संविधानको परिधिभित्रबाट नै खोज्नु पर्नेमा जोड दिन्छ । संविधानअन्तर्गतको सङ्घीयताको विरोध गर्दै, त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । हामी संविधानमा व्यवस्था गरिएका गणतन्त्र, धर्मनिरपेक्षता, समाबेशी समानुपातिक पद्धति, मौलिक अधिकार वा बहुदलीय व्यवस्थालाई रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । तिनीहरूमा आँच पुर्याउने प्रकारको कुनै पनि गतिविधिको हामीले विरोध गर्दछौं ।
३. देशको वर्तमान अन्यौलपूर्ण राजनीतिक स्थितिमा सुधार गर्ने नाममा संविधान बाहिर वा विद्यमान बहुदलीय व्यवस्थाको बाहिरबाट कुनै समाधान खोज्ने जस्ता कुरालाई हामीले गलत मान्दछौं र विरोध गर्दछौं ।
४.हामीले देशमा शान्ति, सु-व्यवस्था र लोकतन्त्रलाई कायम राख्नुपर्ने आवश्यकतामा देशका सबै लोकतन्त्र पक्षधर शक्तिहरू तथा आमजनताको ध्यान आकर्षित गर्न चाहान्छौं ।
५.अहिले भारतमा रहेको नेपालीहरुमा भय र अन्योलको अवस्था छ, यस प्रकारको अवस्थामा कुनै अफवाहका पछि नलागी संयमित भएर आधिकारिक सुचनाहरुलाई मात्रै मान्ने र सम्प्रेषण गर्न अनुरोध गर्दछौं । साथै भारत प्रवासमा रहेका लोकतन्त्र पक्षधर शक्तिहरूलाई लोकतान्त्रिक पद्धतीको रक्षाको एकजुट हुन आवहान्न गर्दछौ ।
११ सेप्टेम्बर२०२५
प्रेम पौडेल
अध्यक्ष

प्रतिक्रिया