एएनएको कार्यक्रममा साहित्यकारहरू सम्मानित:

सुरेन उप्रेती २०८२ भदौ ९ गते ११:२५ मा प्रकाशित

अगष्ट २४, २०२५ क्यालगरी क्यानडा , एसोसिएसन अफ नेपालीज इन अमेरिकाज (एएनए)को ४२ सम्मेलन क्यालगरीमा भव्यरूपमा सम्पन्न भयो । प्रथम दिन अर्थात २२ तारिक शुक्रवार साँझमा एएनएको पार्टनर संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विभिद साहित्यिक कार्यक्रमहरूको आयोजना गरेको थियो । क्यानडाका लागि नेपाली राजदुत महामहिम भरतराज पौडेलले पानसमा द्धीप प्रज्वलन गरी कार्यक्रम शुरूभएको थियो । कार्क्रमको अध्यक्षता अनेसासका केन्द्रिय अध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले गर्नु भएको थियो । कार्यक्रमममा प्रतियोगितात्मक कविता वाचन र खुल्ला तर्फ कविता, गजल ,तथा मुक्तक बाचनका साथ साहित्यकार सम्मान कार्यक्रम, पुस्तक लोकार्पण कार्यक्रम जस्ता बिबिध कार्यक्रमहरू भएका थिए । तीस जनाभन्दा बढी कविहरूले भाग लिएको यस अनेसास काव्यसाँझको कविता प्रतियोगितामा पशुपति घिमिरे प्रथम, दिनेश धरेल दोश्रा, अरूण श्रेष्ठ तेश्रा र रेखाकिरण पौडेलले सान्त्वना पुरस्कार प्राप्त गर्नु भयो । कवि तथा समिक्षक राजकुमार बानियाको अध्यक्षतामा नारायण अधिकारी, रीता देवी प्रधान र सीता पाण्डे निर्णायक रहनु भएको थियो । विजेताहरूले क्रमश दुईसय, एकसय पचास, एकसय र पचास डलर नगद तथा प्रमाण पत्र प्राप्त गर्नु भयो ।

कार्यक्रममा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोवर्धन पूजा, अनेसासका बोर्डअफ ट्रस्टीका सभापति तथा अनेसासका पूर्व अध्यक्ष पदम् विस्वकर्मा , ब्लड डोनेशन अमेरिकाका अध्यक्ष गजलकार महेश्वर पन्त,अनेसास बोष्टन च्याप्टरका महासचिव कवि प्रतिक रावल, साहित्यकार सीता पाण्डे, अनेसास बोर्डअफ ट्रस्टीका सचिव कवि नारायण अधिकारी,अनेसासका कवि पुशपति घिमिरे अनेसास क्यालिफोर्निया च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार रिता देवी प्रधान तथा उहाँका श्रीमान दिपक जोशी उपस्थित हुनु भएको थियो । त्यस्तै गरी साहित्यकार विजयराज भट्टराईले अमेरिकाबाट उपस्थित भएर साहित्यिक प्रस्तुती दिनु भएको थियो । क्यानडाका कविहरू भावना पोख्रेल, कुसुम ज्ञवाली, रेखाकिरण पौडेल, गोविन्दसिं रावत, रमेश लामिछाने, दिपक ढकाल, विजया ढकाल , टिका ढकाल, राजेन्द्र प्रसाई, दिनेश धरेल, सुजन पाण्डे ,इन्द्र अधिकारी, पवन भुसाल, अरूण श्रेष्ठ, भिमलाल अर्याल, केसवमोहन अधिकारी, आजाद आदिले आआफंनो कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा चारदशक भन्दा लामो समय सम्म साहित्य लेखन, रंगमञ्च, सडक नाटक , सम्पादन ,पत्रपत्रिका प्रकाशन, रेडियो तथा
टेलिभिजनमा आदिमा कार्यक्रम संचालन गर्दै साहित्यसेवामा जीवन समर्पित गर्ने डाक्टर गोविन्दसिँ रावतलाई सम्मान प्रदान गरियो । एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, बिओटी सभापति पदम विस्वकर्मले दोसल्ला ओडाएर ताम्रपत्रले सम्मान गर्नु भयो । अनेसासका सल्लाहकार गोवर्धन पूजाले सम्मान पत्रलाई वाचन गरेर सुनाउनु भएको थियो ।त्यस्तै गरी अनेसासको नेतृत्वमा रहेर नेपाली भाषा साहित्य र संस्कृतिलाई सन्सारभरी पुर्याउन समर्पित साहित्यकारहरू पदम
विश्वकर्मा, गोवर्धन पूजा, र सर्वज्ञ वाग्लेलाई उहाँहरूको योगदानको उच्चमूल्याङ्कन गर्दै ताम्रपत्रले सम्मान गरियो । एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले सम्मान पत्र र खादा प्रदान गर्नु भयो ।

कार्यक्रममा रीतादेवी प्रधानको VOICES FROM DIASPORA लघुकथा संग्रह र सीता पाण्डेको Unfolding the inner world of a Nepalese woman writer SILENT VOICEको लोकार्पण भयो । क्यालगरी साहित्य समाजका रमेश लामिछाने डाक्टर गोविन्दसिं रावत अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले बिओटी सभापति पदम विस्वकर्मबाट किताबहरू लोकार्पण भए । अनेसासका केन्द्रका वालसमिति संयोजएवम् अनेसास काव्यसाँझका संयोजक सुरेन उप्रेती र अनेसासका सल्लाहकार गोवर्धन पूजाले कार्यक्रमलाई सहजिकरण गर्नु भएको थियो । कार्यक्रमलाई क्यालगरी साहित्य समाजका पूर्व अध्यक्ष तथा स्थानिय संयोजक दिपक ढकालले स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई क्यानडाका लागि नेपाली राजदूत महामहिम राजदूत भरतराज पौडैलले कार्यक्रमको प्रसंसा गर्दै शुभकामना दिनु भयो । त्यस्तै एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले भव्य र सभ्यरूपमा साहित्यिका कार्यक्रम सम्पन्नको कामना गर्दै शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूलाई सक्रिय सहभातिताको लागि आभार प्रकट गर्दै संयोजक उप्रेतीले धन्यवाद दिनु भयो । कार्यक्रममा पुरस्कारको प्रायोजन गर्ने जीवन कटुवाल सक्रियभएर कार्यक्रमलाई सफलबनाउन लाग्नु हुने दिपक ढकाल अनेसास क्यानडाका कार्यसमिति सदस्य तथा कार्यक्रमका सहसंयोजक केशवमोहन अधिकारीलाई सुरेन उप्रेतीलेबिशेष धन्यवाद दिनु भयो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष सर्वज्ञ वाग्लेले घरघरमा नेपाली भाषा वोल्नु पर्ने र आफ्नो पहिचानलाई सन्सारभर फैलाउनु पर्दछ । वालवालिकालाई कविता लेखनको शुरूवात गरिएको र बिभिन्न भाषा पाठशाला खोलेर नेपाली भाषा सिकाउन प्रयास भएको कुरा श्री वाग्लेले बताउनु भयो । सबैले मातृभूमि र भाषालाई शीरमा राखेर हिँड्नु पर्ने कुरामा जोडदिँदै कार्यक्रमलाई अन्त्य गर्नु भयो ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया