निलम कँडेल संघर्षको शब्दचित्र

डा. गोबिन्द रावत, टोरन्टो २०८२ भदौ ५ गते २२:४७ मा प्रकाशित

पृष्ठभूमि

रियल ईस्टेट व्यवसाय भन्नाले घर–जग्गा किन–बेच सम्बन्धी काम गर्ने व्यक्ती/समूह/कम्पनी भन्ने बुझाउँछ । रियल ईस्टेट व्यवसायको इतिहास पल्टाएर हेर्दै गयौं भने हामी अमेरिकासम्म पुग्न सक्छौं । (यसअघिको इतिहास मैले खोज्दा नपाएको सन्दर्भमा) । हुन त अमेरिकाभन्दा अघि पनि यो व्यवसाय युरोपमा कतै भएको अनुमान लगाउन सकिन्छ । तर अहिलेलाई सन् १८८० मा देखा परेको “द नेसनल एसोसिएसन अफ रियलेटर (एन.ए.आर.)” लाई घरजग्गा सम्पत्ति किन–बेचचिखान गर्ने पहिलो कम्पनीका रुपमा लिइदा अत्युक्ती नहोला । क्यानडाको सन्दर्भमा यहाँ रियल ईस्टेट व्यवसायको थालनी सन् १८८८ ताका भएको मानिन्छ जुन पहिलो विश्वयुद्धका कारण रोकिएको थियो । त्यसपछि सन् १९०३ मा विनिपेगमा “विनिपेग रियल ईस्टेट बोर्ड” गठन भएको देखिन्छ । सन् १९४९ मा “विनिपेग रियल ईस्टेट बोर्ड” लाई “मनिटोवा रियल ईस्टेट एसोसिएसन” बनाएर यस कम्पनीले विगत ११७ वर्षदेखि रियल ईईस्टेट व्यवसाय गर्दै आएको छ । यस व्यवसायमा महिला र पुरुष दुवैको समानान्तर भूमिका रहने गर्छ । विश्वमा पहिलो रियल ईस्टेट व्यवसायको लाईसेन्स लिने महिला अमेरिकाका एलिजाबेथ जे. मेककोर्मिक हुन । उनले उन्नाईसौ (१९००) दशकको प्रारम्भमा नै लाईसेन्स लिएर व्यवसाय शुरु गरी सकेकी थिईन् । त्यस्तै क्यानडामा भने विशाल टोरन्टोकी सादी मोरानिसले सन् १९७१ देखि आफ्नै रियल ईस्टेट को व्यवसाय शुरु गरेको पाइन्छ ।

रियलेटरका रुपमा निलम

निलम कँडेल रिजाललाई मैले पहिलोपटक एउटा कार्यक्रममा उनले लेखेको “पेट घटाउँ, स्वस्थ रहौँ “(लुज द बेली : स्टे हेल्दी -२०१७) पुस्तकको लोकापर्ण कार्यक्रममा देखेको थिए । मैले बुझे अनुसार मनिस परिपक्क भएपछि दुईवटा चिन्ताले सताउन थाल्छ, एउटा हेल्थ र अर्को वेल्थ (स्वास्थ्य र सम्पत्ति) । सम्पत्तिको लागि ऊ कडाभन्दा कडा मिहिनेत गर्न थाल्छ भने स्वस्थ्य रहन सक्दो व्यायाम गर्न थाल्छन् । अर्थात भुडी घटाउने उपाय खोज्न थाल्छन् । निलमले त्यहीँ उपायलाई पुस्तकका रुपमा प्रस्तुत गर्नु भएको रहेछ । त्यसपछि पुनमलाई मैले रियलेटरका रुपमा देखे । अनि आप्रवासमा नेपाली महिलाको संघर्षलाई शब्दमा उतार्ने विचारका साथ यो लेख तयार गरेको हुँ ।

क्यानडामा घर–जग्गा किनबेच गर्ने पहिलो नेपाली महिलाका रुपमा हामी राधा बस्नेतलाई चिन्ने गर्छौ । राधा बस्नेतले सन् १९७३ मा घरजग्गा किनबेच गर्ने रियल–ईस्टेट एजेन्टको लाईसेन्स लिएर स्वतन्त्र रुपमा व्यवसायतिर लाग्नु भएको थियो । सम्भवतः पहिलो नेपाली रियल–ईस्टेट एजेन्ट वहाँ नै हुनु पर्छ । रोयल लेपेजसँग आबद्ध भएर वहाँले अटवामा धेरैआप्रवासीहरुको घर किन्ने सपना साकार पार्नु भएको थियो । त्यसपछि पुरुषमा पहिलो घरजग्गा व्यवसायीमा श्याम कटोजको नाम आउँछ । राधा बस्नेतपछि महिला रियलेटरमा पूर्ण सृष्टि घिमिरेको नाम सुनियो । घिमिरे दम्पत्ती जिमी र पूर्ण सृष्टिले संयक्त रुपमा यो व्यवसाय चलाउँदै आउन भएको छ । हन त यसमा अरु नामहरु पनि थपिएका छन् । यही नामहरुका बीच निलम कँडेल देखा पर्छिन् ।

सानो सन्तान सुखी सन्तान भनेझै एक छोरा र छोरीकी आमा निलम काडेँल क्यानडा आउन अगाडि काठमाडौंमा प्राध्यापन सेवामा आबद्ध हुँदै आएकी थिईन् । सन् २०१० मा श्रीमान बाबु कडेँल र छोरालाई लिएर फेडेरल हाईस्कील्ड भीसामा क्यानडा आएपछि निलमले आफ्नो जीवनको दोस्रो अध्याय शुरु गर्न पेस्ट्री बनाउने सेफको अध्ययन गर्दै क्यानडासँग परिचित हुँदै गईन् । अनि शुरु भयो उनको संघर्षको नयाँ कथा । निलमले पेस्ट्री सेफका रुपमा काम गर्दै भोलीका दिनमा आफ्नै व्यापार शुरु गरेर आफुलाई एउटा व्यवसायिक महिलाका रुपमा स्थापति गर्ने बाटो पहिल्याउन थालिन् । डेन्टल एसिस्टेन्टको अध्ययन गर्दै आफुलाई स्थापित गर्न सब–बे फास्टफुड व्यवसायको असफल प्रयास पनि नगरेकी हैनन् । यसरी एक अठोट नारीका रुपमा आफुलाई प्रस्तुत गर्न नयाँ देश र नयाँ वातावरणमा स्थायित्व खोज्दै जान थालिन । दिनभरी अरुको आदेशका काम गर्दाको खिचातानीका बारेमा राती श्रीमानसँग भलाकुसारीको सँवाद हुँन्थ्यो । आफुले चाहेको समयमा काम गर्न स्वतन्त्रता पाउने भएकोले आफु पनि घर–जग्गा किनबेच व्यवसायमा आबद्ध भएर श्रीमानसँगै यही व्यवसायमा लाग्ने विचार बिसाईन् । अनि आधिकारिक एजेन्ट बन्नका लागि उनले रियल ईस्टेट कोर्स पनि पुरा गरीन् । त्यसपछि २०१९ मा निलम रियल ईस्टेटको लाईसेन्स लिएपछि घर–जग्गा किनबेच व्यवसायमा काम गर्दै आएकी छिन् ।

उनी भन्छिन् महिलाको लागि यो उत्तम व्यवसाय हो । यसमा समयको सदुपयोग गर्दै आफुले चाँहे अनुसार काम गर्न सकिन्छ । आफु श्रीमतीसँगै दुई सन्तानको आमा भएकोले घरपरीवार र छोराछोरीलाई चाहिने यथेष्ट समय दिन सकिन्छ । अझ श्रीमानसमेत यस व्यवसायमा भएकोले आफुलाई आफ्नै समय तालिकामा बाँधेर काम गर्न सकिने स्वतन्त्रता रहेकोले यो व्यवसाय आफ्नो लागि उत्तम भएको मान्नु हुन्छ ।

निलम कँडेललाई आज विशाल टोरन्टोमा बस्ने नेपाली समुदाय नचिन्ने विरलै होलान । उनी भन्छिन्, पेस्ट्री सेफको कोर्स पढिसकेर काम गर्न थालेपछि आत्म सन्तुष्टी नपाएपछि मैले सबवे रेस्टुरेन्टको मेलेजर भएर काम गर्न थाले । तर कामले सन्तुष्टि दिएन। एकातिर बच्चा हुर्काउने जिम्मेवारी, अर्कातिर एकै ठाउँमा बसेर खट्नुपर्ने
काम, त्यस्तो काममा रमाउन सकिनँ। त्यसैले उनमा काम फेर्ने विचार आयो । उनी भन्छिन, श्रीमान २०१६ देखिनै रियलईस्टेट व्यवसायमा भएकोले उनलाई श्रीमानको सहयोग मिल्ने भयो । यसरी विगत सात वर्षयता रियल–इस्टेटको क्षेत्रमा कार्यरत छु । आर्थिक रूपमा स्वतन्त्र र बलियो हुन सकिन्छ भन्ने विश्वासले म रियल्टर बनेकी हुँ। पेस्ट्री र सबवे व्यवसायका क्षेत्रमा पनि कमाइ नहुने त होइन तर मलाई फरक क्षेत्रमा काम गर्न मन लागेर यता आएँ।

महिलाले लगनसाथ काम गर्यो भने जुन क्षेत्रमा पनि सफलता पाउन सकिन्छ भन्ने सोच चिर्न पनि मलाई रियल–इस्टेट व्यवसाय गर्न मन लाग्यो। महिलाहरू रियल्टर बन्न सक्दैनन् भन्ने सोच हाम्रो समाजमा पनि छ। म त्यस्तो सोच गलत साबित गर्न चाहन्थेँ। अहिले पनि पुरूष र महिला रियल्टर एकै ठाउँमा छन् भने पुरूषकै कुरा सुन्ने प्रवृत्ति हाबी छ। पुरूषसँग कारोबार गर्न सहज हुन्छ भन्ने सोच छ। यस्तो सोच पुरूषहरूमा अझ धेरै छ। तर सबैको धारणा यस्तै छ भन्ने पनि होइन। मेरो श्रीमान पनि यही क्षेत्रमा हुनु हुन्छ र हामी दुवैले मिलेर सेवा दिदै आएका छौं । हामी घर भाडामा लगाउने र घरजग्गा किनबेच गर्ने काम गर्छौं। हाम्रो ग्राहक नेपालीमात्र नभएर भारतीय, फिलिपिनी र अरु देश र विभिन्न जातीय मूलका पनि छन्। अहिलेसम्म औसतमा लगभग ४० भन्दा बढी घर किनबेच गर्न सफल निलमले विशेष गरेर ग्राहकलाई नयाँ घर देखाएर उनीहरुको आफ्नै घर बनाउने सपना साकार पार्न चाहे बमोजिमको घर खोज्ने काम गर्नु हुन्छ भने श्रीमानले घर किन्ने निश्चित भएपछि कागजात मिलाउने आदि काम गर्नु हुन्छ ।

क्यानडामा घर किन्ने बारे बुझ्न खोज्दा उनी भन्छिन्, क्यानडामा घर किन्न यहाँको नागरिक नै हुनु पर्छ भन्ने छैन । यहाँ घर किन्न यहाँको स्थायी बासिन्दा चाहिँ हुनुपर्छ। हुन त अस्थाई बासिन्दाले पनि घर किन्ने गरेका छन् । घर किन्नलाई आर्थिक स्थिति बलियो हुनुपर्छ। घर किन्न बैंकले ऋण दिन्छ तर व्यक्तिको कमाइको आधारमा ऋण तय हुन्छ। यहाँको स्थाई वासिन्दा नभएकोलाई पच्चिस प्रतिशत कर लाग्ने गर्छ । तर विगत दुई वर्षदेखि विदेशी खरिदारलाई घर किन्न सरकारले बन्देज लगाएको छ ।

उनी थप्छिन, मेरो कारोबार रहेको विशाल टोरन्टो क्षेत्रमा सामान्यतया एउटा घर किन्न सात–आठ लाखदेखि दस लाख डलरसम्म तिर्नुपर्छ। शहरी क्षेत्रभन्दा अलि टाढा भएमा पाँच लाखदेखि छ–सात लाख डलरसम्ममा पाइन्छ। घरको मूल्य क्षेत्रको आधारमा निर्धारित हुने गर्छ । स्कुलनजिक रहेको क्षेत्रमा घरको मूल्य बढी पर्छ। एउटै शहरमा पनि ठाउँ अनुसार मूल्य फरक हुन सक्छ। उनी थप्छिन, हामीसँग घर किन्न चाहने नेपाली समुदायलाई हामी उनीहरुले चाहे अनुसारको घर खोजेर देखाउने गर्छौ । त्यसपछि तोकिएको मुल्यको बिस प्रतिशत डाउन पेमेन्टको आवश्यकता पर्ने बारे जानकारी गराउँछौं । तर आफुसँग बजेट कम भएको अवस्थामा तोकिएको मूल्यको दस प्रतिशतमा पनि किन्न सकिने व्यवस्ता मिलाई दिने गछौं । यो त घरको मुल्यमात्र भयो । यसका अतिरिक्त लाग्ने जग्गा हस्तान्तरण कर र वकिलको खर्च पनि लाग्ने बारे जानकारी गराउँछौं ।

क्यानडामा घर, टाउन हाउँस र कण्डोमेनियम गरी तीन थरीका घरको वर्गीकरण गरिएको छ । यसमा ठाँउ अनुसारको मुल्यमा भर पर्ने गर्छ । टोरन्टोमा कण्डोमेनियमकै दस लाख डलरभन्दा माथि पर्न सक्छ भने अन्यत्र ठाँउमा त्यहीँ मोलमा घर वा टाउन हाउस पनि किन्न सकिन्छ । निलम भन्छिन, घर किन्न आफुसँग डाउन पेमेन्ट र क्लोजिङ्ग कस्ट हुनु जरुरी मानिन्छ । बैंकमा आफ्नो क्रेडित राम्रो भएको खण्डमा बैकबाट ऋण (लाईन अफ क्रेडिट) पनि लिन सकिन्छ । आफुले सकेसम्म बीस नभएमा दस प्रतिशतको अग्रीम भुक्तानी तिरेर पनि घर लिन सकिन्छ । त्यसका लागि फेरी बैकबाट धितो कर्जा (मोर्टगेज) लिन मञ्जुरी गराउनु पर्छ । निलमका अनुसार धितो कर्जा लिनका लागि हाम्रो परिचय खुल्ने प्रमाणपत्रसहीत क्रेडिट रिपोर्ट (हामीले प्रयोग गर्ने कार्डको भुक्तानी समयमा नै भएको छ कि छैन), तीन महिनाको तनखाको विवरणसहीत काम गरेको र तोकिएको पारिश्रमिकको प्रमाण (जब लेटर एण्ड पे स्टब्स्), दुई वर्षको सरकारलाई करको विवरण बुझाएपछि पाउने प्रमाण (नोटिस अफ असेस्मेन्ट ), दुई वर्षको तनखाको विवरण (टि फोर) आदि चाहिने गर्छ ।

विगत सात वर्षदेखि यो व्यवसायमा आवद्ध भएर नेपाली र अन्य समुदायलाई सेवा प्रदान गर्दै आएकी निलम यो कामबाट पूर्ण सन्तुष्ट भएको बताउछिन् । आफुले मार्केटिङ्ग गर्ने र श्रीमानले अरु सबै आवश्यक काम कर्तव्य पुरा गर्ने भएकोले यो पारीवारिक व्यवसाय जस्तै भएको बताउने निलम आफु यसअघि प्राध्यापन क्षेत्रसँग आवद्ध भएकोले त्यसबाट पनि शैक्षिक उपलब्धी पाउने गरिेकोले आफुले आफ्ना ग्राहकको विश्वास जित्दै आएकोले पूर्ण सन्तुष्ट भएको बताउछिन् । निलमको विचारमा सबै मानिसले आफ्नो जीवनमा आफ्नै घर हुने परिकल्पना गरेका हुन्छन् । घर किन्ने बेलामा जसलाई पनि अन्योल हुन्छ। सबै कुरा राम्ररी जानकारी लिएर घर किन्न विश्वासिलो एजेन्ट खोज्नुपर्छ। घर किन्ने भनेको ग्रोसरी गएर सामान किनेजस्तो होइन। धेरै प्रक्रिया पूरा गर्नुपर्छ। यस कारण पनि एजेन्टको सहयोग चाहिन्छ। अरु महिलालाई यस क्षेत्रमा आउने प्रेरण दिदै उनी भन्छिन्, रियल ईस्टेट एजेन्टको लाईसेन्स लिन त्यति गाहे छैन । छ–आठ महिनामा राम्ररी अध्ययन गरेर लाईसेन्स लिन सकिन्छ । तर लाईसेन्स लिएर मात्र हुँदैन । घर–व्यापार खरिद–बिक्री गर्नका लागि दिमाग पनि राम्ररी खियाउनु पर्छ । योजनावद्ध रुपमा नै सबै काम हुनु पर्छ । त्यसैले घर–व्यापार खरिद–बिक्री गर्न देख्ने सुन्नेका लागि सजिलो देखिए तापनि सुन्न र गर्नमा फरक हुन्छ । हामी नेपालीहरु एकजनाले गरेको काम र सफलता देखेपछि सबै त्यतैतिर दौडिने देखासिखी गर्ने बानि जस्तै अहिले धेरै ने नेपालीहरुले यो व्यवसाय अपनाएका छन् । लाईसेन्स लिन सजिलो (अँग्रेजी राम्ररी पढ्न लेख्न सक्नेका लागि) भए भनि व्यापारलाई मूर्तरुप दिन गाह्रो छ । धेरैले ग्राहकलाई दिवा सपना देखाएर डुबाएको बारे पनि सुन्ने गरिएको छ । त्यसैले एउटा धृढ संकल्प गरेर ग्राहकमा आफैलाई ढालेर ईमान्दारीका साथ काम गर्न चाहने महिलाले यस क्षेत्रमा सजिलै सफलता पाउन सक्छिन् भन्ने गर्छिन ।

दुई सन्तानको हेरचाह गर्दै रियल–इस्टेट व्यवसाय गर्नु चुनौतीपूर्ण पनि छ। तर मैले अवसरका रूपमा लिएकी छु। समय मिलाएर काम गर्दैछु। मेरा लागि यो समय फेरि फर्केर आउँदैन। महिलाहरूलाई घरबाट निस्किन, समाजमा पनि उत्तिकै चुनौती छ। अझै पनि कतिपय मानिस महिलालाई विश्वास गर्न गाह्रो मान्छन्। हामीले कुनै राम्रो र ठूलो काम पायौं भने पनि अनेक शंका–उपशंका गर्नेहरू हुन्छन्। म यस्ता सबै चुनौतीसँग भिड्दै अघि बढेकी छु। पेस्ट्री सेफ र सबवे संचालन गर्न र रियल्टर हुनुमा कुन काम सहज रहेछ भन्नेबारे बुझ्न खोज्दा निलम भन्छिन्, सर्सर्ती हेर्दा त मलाई अहिले पनि फुड व्यवसायमा तनाव कम हुन्थ्यो। एउटा तालिकामा एकोहोरो काम हुन्थ्यो। रियल–इस्टेटमा धेरै पक्ष विचार गरेर योजनाबद्ध काम गर्नु पर्छ। मलाई भने रियल–इस्टेट व्यवसाय नै मन परेको छ। कहिलेकाहीँ त यो व्यवसाय गर्न किन ढिलो गरेछु जस्तो पनि लाग्छ। यो क्षेत्रमा आएपछि आफुलाई सन्तुष्टी मिलेको बताउँछिन ।

प्रतिक्रिया