मलेसियामा आरभले जिते शिर्ष सहित तीन उपाधि

इनेप्लिज २०८२ असार १ गते ११:२२ मा प्रकाशित

काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’मा नेपाली बालक आरभ गौतमले एक शिर्ष सहित तीन उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगीतामा किड तर्फ सहभागी उनले यसै क्याटगरी अन्तर्गत ‘किड युनिभर्स २०२५’को शिर्ष उपाधिका अलवा बेष्ट इन स्पोट वयर’ र ‘किड इन्टिलिजेन्ट’ सव टाइटल जित्न सफल भएका हुन् ।

कोटाकिना बालु सहरमा गत ११ देखि १४ जुनसम्म आयोजना भएको कार्यक्रममा ‘किड युनिभर्स २०२५’ तर्फको विजेता शनिबार चुनिएको हो ।

‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । ४ दिन नियमित आयोजना भएको प्रतियोगीतामा गौतमले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन प्रवद्र्धन समेत गरेका छन् ।

प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी थिए । गौतमलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेज २०२४’का विजेता हुन् । प्रतियोगिताका लागि गौतमको फेसन कन्सेफ्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

प्रतिक्रिया