इजरायलले इरानको आणविक कार्यक्रम र सैन्य संरचनामाथि आक्रमण गरेपछि इरानले शनिबार बिहान इजरायलमाथि कडा जवाफी आक्रमण गरेको एपीले जनाएको छ । क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन)मार्फत गरिएको यस कारबाहीमा कम्तीमा तीनको ज्यान गएको र दर्जनौँ घाइते भएको पुष्टि भएको छ।
इजरायलले युद्धक विमान र इरानभित्रै गुप्त रूपमा पठाइएका मानव रहित यान (ड्रोन )प्रयोग गरेर शीर्ष वैज्ञानिक र सैन्य नेताहरूलाई लक्षित गरेको अधिकारीहरूले जनाएका छन्। इरानका राष्ट्रसंघीय दूतका अनुसार इजरायली आक्रमणमा ७८ जनाको मृत्यु र ३२० भन्दा बढी घाइते भएका छन्।
इरानले जवाफी रूपमा जेरुशलेम र तेल अभिभतर्फ दर्जनौँ क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन )पठाएको थियो । जसको कारण रातभरि आकाश उज्यालो भएको र घरहरू कम्पन भएका छन् । इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ जुन अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी २० महिनाको तनावपछिको थप उथलपुथल भएको हो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानबाट इजरायललाई हुने कुनै पनि खतरा समाप्त पार्नु मुख्य उद्देश्य भएको बताए। उनले इरानी जनतालाई आफ्ना शासकविरुद्ध उठ्न आह्वान गरे।
यस भिडन्तले अमेरिकी-इरानी आणविक वार्ता संकटमा पारेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले इजरायली आक्रमणपछि वार्ता “अर्थहीन” भएको बताएका छन्। यद्यपि वार्ता रद्ध भएको कुनै जानकारी नभएको एपीले उल्लेख गरेको छ
प्रतिक्रिया