प्रविधि उद्यमी तथा बिश्व कै धनाढ्य इलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सामाजिक सञ्जालमा गरेका आक्रमणात्मक टिप्पणीहरूबारे पछुतो व्यक्त गरेका छन्। बुधबार एक्स (पूर्व ट्विटर) मा प्रकाशन गर्दै मस्कले भने, “राष्ट्रपति डोनाल्ड ट्रम्प बारे मैले गत साता लेखेका केही प्रकाशनहरू धेरैटाडा गए। त्यसको म पश्चात्ताप गर्छु।”
यो वक्तब्य मस्क र ट्रम्पबीच पछिल्लो समय देखिएको चर्काचर्कीपछि आएको हो। ट्रम्पको “ठूलो सुन्दर खर्च विधेयक” माथि आलोचना गरेपछि विवाद सुरु भएको थियो। मस्क केही समय ‘सरकारी दक्षता विभाग’ मा रहेका थिए तर उनले त्यस विभागबाट राजीनामा दिएका छन्।
मस्कले एक प्रकाशनमा ट्रम्पलाई बाल यौन अपराधी जेफ्री एपस्टिनको फाइलसँग जोड्दै ठूला आरोप लगाएका थिए: “ट्रम्प एपस्टिन मिसिल (फाइल)मा छन्, त्यसैले ती सार्वजनिक भएका छैनन्।” पछि उनले त्यो प्रकाशन हटाए।
यसबाहेक, मस्कले ट्रम्पलाई “अकृतज्ञ” भन्दै उनले चुनाव जित्न आफू बिना नसक्ने दाबी पनि गरे। उनले उपराष्ट्रपति वान्सलाई ट्रम्पको सट्टा ल्याउने सुझावसमेत दिएका थिए। ट्रम्पले भफक्स न्यूजसँग “इलन पूर्णरूपमा नियन्त्रण बाहिर गएका छन्।” भनि जवाफ दिएका थिए ।
तर पछिल्लो केही दिनमा दुवैले नरम रुख देखाएका छन्। ट्रम्पले सोमबार भने, “हामीबीच राम्रो सम्बन्ध थियो, म उनलाई शुभकामना दिन चाहन्छु।” मस्कले यसको जवाफमा मुटुको भावचित्र(इमोजी)साँझा गरे।
प्रतिक्रिया