ग्लोबल फोरम जापान च्याप्टरको आयोजनामा यही जुन ८, २०२५ मा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणाको अवसरमा जातिय भेदभावको अन्त्य, समानताको उदय शीर्षकमा आहुतिसंग अन्तरसम्वाद कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
ग्लोबल फोरम जापानकी अध्यक्ष मुना सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विश्लेषक, राजनीतिज्ञ, नेपाली दलित आन्दोलन र जातव्यवस्थाका विद्धान, साहित्यकार तथा अग्रज व्यक्तित्व विश्वभक्त दुलाल “आहुति”, विशेष अतिथि पत्रकार महासंघका जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, प्रा.डा. होम रिजाल, पर्यटनदुत रामहरि पुडासैनी, र अतिथिहरूमा नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की, प्रवासी नेपाली मन्ज्ञ जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाली जनप्रगतिशील मन्च जापानका दाबा शेर्पा, प्रवाश नेपाली सम्पर्क विभाग जापानका अध्यक्ष दिलेन्द्रप्रसाद जोशी, नेपाली समाज जापानका अध्यक्ष शिशिर लिम्बु, नेपाली जन प्रगतिशील मोर्चा जापानका अध्यक्ष निरन्जन गैरे, अन्तर्राष्ट्रिय नेपाली समाज, जापानका अध्यक्ष मोती गुरूङ, पत्रकार महासंघ जापानका उपाध्यक्ष रबिन्द्र गोर्खाली, अनेसास केन्द्रीय कार्यसमितिका सचिव रविन शर्मा, एनआरएन जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, बिहुकोट समाज जापानका अध्यक्ष दिपक कंडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि आहुतिले नेपाली समाजको वर्ण व्यवस्था, नेपालको दलित आन्दोलको अवस्था, नेपाली समाजको वर्तमान अवस्था र चुनौती, दक्षिण एशिामा जातव्यवस्थाले पारेको प्रभावका बारेमा आफ्नो मन्तव्य र प्रश्नोत्तरका क्रममा विस्तृत विचार प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न सहभागीहरूबाट जिज्ञासाहरू राखेका थिए ।
कार्यक्रममा जापानस्थित विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजिवीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा ग्लोबल केन्द्रीय कार्यसमितिबाट पठाइएको शुभकामना सन्देश वाचन गरिएको थियो । यस प्रकारको कार्यक्रम जापानमा पहिलो पटक भव्यरूपमा सम्पन्न भएको सहभागी, अतिथिहरूको भनाइरहेको थियो ।
ग्लोबल फोरम जापानका महासचिव गंगालाल जिआरबाट सन्चालित उक्त कार्यक्रममा सहभागी, अतिथिहरूलाई उपाध्यक्ष दीपक सनुारले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।
प्रतिक्रिया