श्री विष्णुदिव्यसहस्रनाम स्तोत्रम् लाई छन्दको ज्ञेयता देखिनेगरी , युगसुहाउँदो संगीत भरेर सबैजना लाई मन् पर्ने र युवापिडीलाई पनि एवं रीतले आकर्षण गर्ने गरी पहिलो चोटि बनाईएको श्रव्यदृश्य (video )युट्युब को यु एस ए भक्ती च्यानल बाट केही समयको प्रतिक्षा पछिनै सार्वजनिक भई रहेछ भन्न पाउँदा ख़ुशी लागी रहेछ ।
यो कार्य गर्न लागेका हुन् हाम्रै चिरपरिचित गायक / रचनाकार तथा संगीतकार ~ तुंगनाथ उपाध्यायले जसले विगतमा नेपालकै इतिहासमा पहिलो संस्कृत श्रव्य चक्का । Audio Album र सायद उहाँले नेपाल बाट मात्रै नभई नेपाली भएर संस्कृतमा संगीतमय सबैभन्दा धेरै गीत, भजन ,स्तोत्र ,मन्त्रादिलाई संगीतबद्ध गरी आफ्ना प्रस्तुति युट्युब को यु एस ए भक्ती च्यानल बाट लन्च गरि सक्नु भएको छ ।
तुंगनाथकै सक्रियतामा उत्तरपूर्वी भारतको सेभेन सि सिस्टर्स बाट पहिलो नेपाली अडीयो क्यासेट् निकालिएको हो ।
तेसै गरी अमेरिका को Arlington central Library , Virginia मा २०१५ मै डिसी मेट्रो एरीयाका साहित्य र संगीतप्रेमीहरुको भव्य जमघटमा आदिकवि भानुभक्त आचार्य द्वारा रचित रामायणको सुन्दर काण्ड जसको संगीतमय प्रस्तुति उहाँले दिई सक्नु भएको छ – र , पाँच दशक भन्दा पहिलेनै गरिसक्नु भएको संगीतमय प्रस्तुतिको उहाँको अर्को कोशेलीको पनि हामी पुन: प्रतिक्षामा छौं ।
अहिले भने हेरौं ……
श्री विष्णु सहस्रनाम स्तोत्र सुन्नका लागि केही उत्प्रेरक बुँदाहरू यस प्रकार छन् ~
१. मानसिक शान्ति: यसले मनलाई शान्त र स्थिर बनाउँछ।
२. सकारात्मक ऊर्जा: यसले नकारात्मकता हटाएर सकारात्मकता बढाउँछ।
३. आध्यात्मिक विकास: यसले आत्मालाई शुद्ध र बलियो बनाउँछ।
४. तनाव कम: यसले दैनिक जीवनको तनाव र चिन्ता कम गर्छ।
५. स्वास्थ्य लाभ: यसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
६. एकाग्रता वृद्धि: यसले ध्यान र एकाग्रता बढाउँछ।
७. स्मरणशक्ति सुधार: यसले स्मरणशक्ति र बुद्धि तेज बनाउँछ।
८. सुरक्षा र आशीर्वाद: यसले भगवान विष्णुको कृपा र सुरक्षा प्रदान गर्छ।
९. इच्छा पूर्ति: यसले मनका इच्छा र आकांक्षाहरू पूरा गर्न मद्दत गर्छ।
१०. आनन्द र सन्तुष्टि: यसले जीवनमा आनन्द र सन्तुष्टि ल्याउँछ।
सिर्जना बारे ~
श्री विष्णु सहस्रनाम स्तोत्र महाभारतको अनुशासन पर्वमा पाइन्छ। यो स्तोत्र भीष्म पितामहले युधिष्ठिरलाई उपदेश दिएको समयमा लेखिएको हो। यसलाई ऋषि वेदव्यासले लेखेका हुन् भन्ने विश्वास गरिन्छ।
मर्म ~
विष्णु सहस्रनाम स्तोत्रको मुख्य विषय भगवान विष्णुको महिमा र उनको सर्वव्यापकता हो। यसमा विष्णुका हजार नामहरूद्वारा उनको गुण, शक्ति र स्वरूपको वर्णन गरिएको छ। यसले संसारको सृष्टि, पालन र संहार गर्ने शक्ति विष्णुमा निहित छ भन्ने कुरालाई जोड दिन्छ। यसको पाठले मानिसलाई सांसारिक मोहबाट मुक्त भई आध्यात्मिक मार्गमा लाग्न प्रेरित गर्दछ।
तुंगनाथज्यू लाई धेरै धेरै शुभकामना !
विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।
प्रतिक्रिया