इजरायली आक्रमणमा हमासका शीर्ष नेता मोहम्मद सिनवार मारिए, प्रधानमन्त्री नेतान्याहूको घोषणा

इनेप्लिज २०८२ जेठ १५ गते १५:१३ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालैको हवाई आक्रमणमा गाजामा हमासका प्रभावशाली नेता मोहम्मद सिनवार मारिएको घोषणा गरेका छन्।

उनी हमासका पूर्व शीर्ष नेता यह्या सिनवारका दाजु थिए, जसलाई गत अक्टोबरमा इजरायली सेनाले दक्षिणी गाजामा मारिएको थियो ।

प्रधानमन्त्री नेतान्याहूले यो जानकारी इजरायली संसद ‘केनेसट’ मा दिएको सम्बोधनका क्रममा सार्वजनिक गरेका हुन्।

मोहम्मद सिनवारको मृत्यु हमासको उच्च नेतृत्वमाथि पछिल्लो गम्भीर प्रहार हो। इजरायलले हालसम्म कैयौं वरिष्ठ सेनापतिहरुलाई लक्षित गर्दै मारिसकेको छ ।

प्रधानमन्त्री नेतान्याहूले आफ्नो सम्बोधनमा भने, “हामी एक–एक गरी आतंकवादी नेतृत्वलाई समाप्त गरिरहेका छौं। मोहम्मद सिनवार पनि अब हामीबाट बच्न सकेन।”

प्रतिक्रिया