अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीविरुद्धको कडा कारबाहीलाई तीव्र बनाउँदै अमेरिकाभित्रकै शहरहरूमा सयौं सीमा सुरक्षा गुप्तचरहरु खटाउने योजना बनाएको छ। तीन उच्च स्रोतहरूले सिबिएसन्यूजलाई बताएका अनुसार, करिब ५०० एजेन्ट(गुप्तचर )हरूलाई देशभरि पठाइनेछ जसले आइसिइ लाई सहयोग गर्दै ठूलो स्तरको गिरफ्तारी अभियान सञ्चालन गर्नेछन्।
यो योजना ट्रम्पको वाचा अनुसार अमेरिका इतिहासकै “सबैभन्दा ठूलो निष्कासन अभियान” हुने अपेक्षा गरिएको छ। खटाइने गुप्तचरहरूमा सीमा सुरक्षा, समुद्री तथा हवाई निगरानी, र कानुनी प्रवेश नाकाको निगरानी गर्ने कार्यालयका सदस्यहरू समेत हुनेछन्।
यो अभियान आइसिइका २५ क्षेत्रीय कार्यालयहरूमा केन्द्रित हुनेछ र ट्रम्प प्रशासनले यसका लागि एबबिआइ,डिइए र आइआरएस लगायतका संघीय निकायहरूसमेत सक्रिय बनाइसकेको छ। डिएचएसले २०,००० राष्ट्रिय सुरक्षाकर्मी सैनिकहरू पठाउन रक्षा बिभागसँग अनुरोध गरिसकेको छ।
यसबीच, ट्रम्प प्रशासनको कडा नीति लागू भएपछि दक्षिणी सीमाबाट अवैध प्रवेश ऐतिहासिक रूपमा घटेको छ। सरकारी तथ्यांक अनुसार पछिल्लो समयको अवैध सीमापार सन् १९६० पछि कै सबैभन्दा कम स्तरमा पुगेको छ।
प्रतिक्रिया