पूर्वी नेपालको संखुवा सभा जिल्ला मादी नगरपालिका वार्ड नं ५ स्थित गहतेमा रहेको देवस्थलमा एक भव्य धार्मिक अनुष्ठान सम्पन्न भएको छ स्वर्गिय पूण्यप्रसाद तथा रुक्मिणी दाहालका सुपुत्र समाजसेवी दुर्गाप्रसाद दाहाल तथा कल्पना दाहालको संयोजनमा निर्मित उक्त देवस्थलमा एकाह भागवत बाचन तथा प्रबचन कार्यक्रम हालै सम्पन्न गरिएको हो ।
धरान स्थित पिण्डेश्वर विद्यापीठ (संस्कृत विश्व विद्यालय) का प्राचार्य सर्वश्री डा. महानन्द तिमिल्सिना,उपप्राध्यापक आशीष ढुंगाना,उप प्राध्यापक अमरराज ढकाल ,सहप्राध्यापक डा. गुरुप्रसाद कोईराला, उप प्राध्यापक दीपक पराजुली, उप प्राध्यापक मनोज घिमिरे , श्री पुण्यहरि गुरुकुल बेद विद्याश्रमका प्रधानाचार्य पं रामचन्द्र ढकाल, पंडित कोषराज न्यौपाने, पंडित श्याम भण्डारी र पं गोपाल अधिकारीलगायतको पंडित समूहद्वारा भागवत तथा बेद बाचन गरिएको थियो ।
सनातन धर्म संस्कृतिको संरक्षण , प्रबर्धन र उत्थानका लागि सक्रिय दाहाल दम्पतिले मादीमा १२ बर्षदेखि संस्कृत पाठशालना सञ्चालन गर्दै आउनु भएको छ । यस पाठशालाबाट उत्पादित पंडितहरु अहिले बिभिन्न ठूला धार्मिक अनुष्ठानहरुमा भागवत बाचन तथा धार्मिक प्रबचन दिदै हाम्रो सनातन धर्म रक्षाकालागि सक्रिय भैसकेका रहेका छन ।
यस गुरुकुल बेद विद्याश्रमले सुनसरीको इटहरि नगरपालिका वडा नं ५ मा पनि आफ्नो शाखा विस्तार गरिसकेको छ । मादीमा हालै सम्पन्न गरिएको धार्मिक अनुष्ठानका क्रममा माता भैरवीको मूर्तिलाई प्राण प्रतिष्ठा गरिएको थियो ।
प्रतिक्रिया