“म्यानी प्याकियाओ फर्किए! ४६ वर्षको उमेरमा पुनरागमन गर्दै लस भेगासमा विश्व उपाधिका लागि भिडन्त”

इनेप्लिज २०८२ जेठ ९ गते ११:२८ मा प्रकाशित

फिलिपिन्सका विश्व प्रसिद्ध आफ्नो वजन समूहका मुक्केवाज (बक्सिङ लिजेन्ड)म्यानी प्याकियाओ पुनः मुड्की प्रतियोगितामा फर्किने घोषणा गरेका छन्। उनले आउँदो जुलाई १९ मा लस भेगासको एमजीएम ग्रान्डमा डब्लुबिसी वेल्टरवेट वजन समूहका बिजेता मारियो बारियोस विरुद्ध उपाधिका लागि भिड्ने भएका छन्।

४६ वर्षीय फिलिपिनी खेलाडी प्याकियाओले बुधबार आफ्नो आइम ब्याक घोषणा गर्दै इन्स्टाग्राममा लेखे: “म फर्किएँ। जुलाई १९ मा म मुड्की रिङ(मुक्केबाजी मञ्च )मा फर्किन्छु र इतिहास बनाउँछु।”

प्याकियाओ बक्सिङ इतिहासमा ८ तौल वर्गमा विश्व उपाधि जित्ने एक मात्र खेलाडी हुन्। उनले २०१९ मा ४० वर्षको उमेरमा वेल्टरवेट विश्व बिजेता बनेर इतिहास रचेका थिए।

२०२१ मा बक्सिङबाट संन्यास लिएका प्याकियाओ २०१६ देखि २०२२ सम्म फिलिपिन्सको सिनेट सदस्य समेत रहेका थिए। साथै उनले२०२२ को राष्ट्रपतिको चुनावमा उम्मेदवारी पनि दिएका थिए। यो भिडन्तले प्रेमीहरूलाई एकपटक फेरि उत्साहले भरिएको ऐतिहासिक क्षण दिनेछ।

प्रतिक्रिया