सार्वजनिक लेखा समितिमा सांसदहरूबीच भनाभन

बेद प्रसाद घिमिरे २०८२ जेठ ८ गते ११:२० मा प्रकाशित

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच भनाभन भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि बुधबार भएको छलफलमा सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको हो।

माओवादी सांसद अमनलाल मोदीले सत्तापक्ष एवं नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको सम्बन्धमा टिप्पणी गरेका थिए। उनले एमालेकै सभापति रहेको समितिमा एमाले सांसदहरूले फरक मत राख्नु अस्वाभाविक भएको बताएका थिए।

उनले बोल्दै गर्दा एमाले सांसद गोकुल बास्कोटाले आपत्ति जनाएका थिए। समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै उनले एमालेको नाम किन लिइएको भन्दै आक्रोश पोखे।

करिब ५ मिनेट एमाले-माओवादी सांसदबीच वादविवाद भयो। एमालेबाट गोकुलसँगै योगेश भट्टराईले आपत्ति जनाइएपछि एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि आक्रोशित बनेका थिए थप भिडियोमा हेर्नुहोस

प्रतिक्रिया