भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको बताएका छन् । दुई देशबीच सामाजिक, धार्मिक, सांस्कृतिक सबैखाले सम्बन्ध ऐतिहासिक रहेको उनले चित्रण गरे । नेपाल भ्रमणमा रहेका डा. जोलीले यस्तो बताएका हुन् । काठमाडौंको एक होटलमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा केही दुःख पर्दा त्यसको दर्द दिल्लीमा पनि महशुस हुने टिप्पणी गरे । पछिल्लो दुई दशकमा आफूले २२ पटक नेपाल भ्रमण गरेको पनि उनले स्मरण गराए । उनले भने,‘जब जब म नेपाल आउँछु, काठमाडौं ओर्लिनेबित्तिकै म नेपालको माटोलाई आफ्नो निधारमा लगाउँछु । किनकी मलाई लाग्छ नेपालसँग मेरो अघिल्लो जन्मको अटुट सम्बन्ध छ । हामी नेपाललाई माया गर्छौं । नेपालीलाई माया गर्छौं ।’
नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धको अलावा मिलिटरी लेभलमा पनि सम्बन्ध रहेको र ३२ हजार नेपालीहरु भारतको गोरखा रेजिमेन्टमा कार्यररत रहेको उनले सुनाए । नेपालका राजनीतिक दलका नेताहरु र यहाँको राजनीतिक घट्नाक्रम हेर्दा नेपालको धर्मनिरपेक्षताको अवधारणाबारे नयाँ सोच्नुपर्ने बताए ।
प्रतिक्रिया