भक्तपुर । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुने भएको छ ।
कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी जेठ ९ र १० गते सूर्यविनायक नगरपालिका वडा नम्वर ९ को सेराटन बैकिटमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छन्।
तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला, पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने उहाँले जानकारी दिनुभयो ।
खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया