अमेरिकाको ओहायो राज्यका अधिकारीहरूले २०१३ मा भएको क्लीभल्यान्ड उपचार कक्ष (क्लिनिक)की स्वास्थ्य परिचारिका(नर्स )अलीजा शर्मनको हत्या रहस्य सुल्झिएको घोषणा गरेका छन्। घटनाको एक दशकपछि, प्रहरी अनुसन्धानमा झूट बोलेर पहिल्यै कारागार सजाय भोगिसकेका उनको पूर्व-पारिवारिक वकिल ग्रेगोरी जे. मूरविरुद्ध हालै हत्या अभियोग लगाइएको छ।
५१ वर्षीय मूरलाई शुक्रबार अमेरिकाको टेक्सस राज्यमा अमेरिकी मार्शलहरूले पक्राउ गरेका हुन्। अभियोगपत्रमा उनलाई हत्या, घोर हत्या, अपहरण र षड्यन्त्रको आरोप लगाइएको छ।
२०१३ मा, अलीजा शर्मनलाई क्लीभल्यान्ड शहरको बीच सडकमा १० पटकभन्दा बढी छुरा प्रहार गरिएको अवस्थामा मृत फेला पारिएको थियो। त्यही दिन उनले आफ्नो वकिल मूरसँग सम्बन्धविच्छेदबारे भेट गर्ने तय गरेकी थिइन् ।
कुयाहोगा काउन्टीका प्रमुख अभियोजक माइक ओ’म्यालीले भने, “शर्मन परिवारले १० वर्षसम्म न्यायको पर्खाइ गर्यो। कडा अनुसन्धान अनुसार मूरले यो नृशंस हत्या योजनाबद्ध रूपमा गरेका थिए ।
मूरले २०१७ मा झूटो बयान दिएको अभियोग स्वीकार गरेका थिए। उनले सोही वर्ष आफ्नो वकिल अनुमति गुमाएका थिए।
प्रतिक्रिया