नांगेडाँडा खानेपानी ३४ करोड २४ लाख रुपैँयाका लागतमा सम्पन्न

रुदबहादुर खडका २०८२ वैशाख १९ गते १०:४९ मा प्रकाशित

२०८१ वैशाख १९

सिन्धुली, सुनकोसी गाउँपालिकाकै गौरवको आयोजनामा पर्ने वृहत नांगेडाँडा पम्पिङ खानेपानी आयोजनाको उद्धघाटन भएको छ । संघिय सरकारको खानेपानी मन्त्री प्रदिप यादवले सुनकोसी गाउँपालिका ५ मुल्कोटमा आयोजित कार्यक्रममा खानेपानी आयोजनाको उद्धघाटन गर्नु भएको हो ।

खानेपानी आयोजनाको उद्धघाटन गर्दै मन्त्री यादवले सबै नागरिकलाई स्वच्छ, शुद्ध पिउने पानी उपलब्ध गराउने मुख्य दायित्व पूरा गर्न मन्त्रालय गम्भिर भएर लागेको बताउनु भयो । उहाँले सुनकोशी गाँउपालिकाको सबै वडाहरुका नागरिकको घर घरमा स्वच्छ खानेपानी पु¥याउनको लागि आगामी वर्ष ०८२÷०८३ मा थप बजेट व्यवस्थापन गरिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले जनताको मेहनतले नांगेडाँडा वृहत पम्पिङ खानेपानी आयोजना संचालन गरिएको बताउनु भयो । उहाँले जिल्लाका धेरै ठाउँमा ठुला खानेपानी आयोजना बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै बजेट व्यवस्थापन गरी दिन खानेपानि मन्त्री यादवसँग माग गर्नु भयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले एक घर एक धारा अभियान अनुसार सबैको घरमा खानेपानी पु¥याउन अन्य आयोजनहरुका लागि मन्त्रीसँग बजेट माग गर्नु भयो ।

करिब ३४ करोड २४ लाख रुपैया लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट सुनकोशी गाँउपालिकाको वडा नम्बर ५ र ६ का झन्डै तीन हजार स्थानीय लाभन्वित भएका छन । आयोजना निर्माणको ठेक्का मृतसन्जीवनी निर्माण सेवाले लिएर दोस्रो कम्पनी ऐन.एन. के निर्माण सेवा मन्थली, रामेछापलाई पेटी ठेक्कामा काम गर्न दिएको थियो ।

प्रतिक्रिया