धनगढी । नेपालको सुदुरपश्चिम घर भएका नेपालीहरुले इंजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन गरेका छन् । विभिन्न कामको सिलसिलामा इंजरायलमा कार्यरत नेपालीहरुले शनिबार उक्त समाज गठन गरेका हुन् । अनलाईन भर्चुअन मार्फत भएको प्रथम अधिबेशनले कृष्ण बौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
जसको बरिष्ठ उपाध्यक्षमा आशिका कुमारी भण्डारी, उपाध्यक्ष नबिन जोशी, महिला उपाध्यक्ष भावना साउँद, महासचिव विनोद कुमार ठगुन्ना, सचिव नवराज विष्ट, कोषाध्यक्ष खगिसरा बुढा ज्योती), सह-कोषाध्यक्ष जिबन डगौरा, नेपाल संयोजक अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सैना, सदस्यहरु नरेन्द्र सिंह बिष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी, नन्दकली राना रहेका रहेका छन् ।
प्रथम अधिवेशको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डीतले इंजरायलमा रहेको सुदुरपश्चिमका युबाहरु एक सुत्रमा बाधिने प्रयास गरेको भन्दै प्रशंसा गरेका बिए। उनले भने, ‘सुद्रपश्चिमका मात्रै तपाईहरु कति जना यहां बस्नु हुन्छ एकीन तथ्यांक त छैन । तर पनि तपाईहरुले आफ्नो जन्मभूमि सम्झीएर केही गर्ने प्रयासको थालनी गर्नु भएको छ. यो प्रशंसा योग्य छ। तपाईहरु रोजगारीको शिलशिलामा इजरायल आउनु भएको छ । सर्वप्रथम आफ्नो शारीरिक, मानसिक स्वास्थ्यको ख्याल गर्नु होला। यहां सिकेका सीपहरु सुदुरपश्चिममा यहांहरुले पुर्याउनु हुनेछ भन्ने विश्वस छ ।’
राजदूत पण्डितले सुदूरपश्चिममा विकासका सम्भावने सम्भावना भएको ठाउँ हुँदा हुँदै पनि त्यहां गरिबी, पछौटेपन अझै कायम र हेको बताउदै सुदूरपश्चिम धार्मिक सांस्कृतिक, पर्यटकीय रुपमा प्रचर सम्भावना बोकेको क्षेत्र भएकाले प्रचारपसार गरी पर्यटकीय क्षेत्रका रुपमा चिनाउन समाजले काम गर्नुपर्ने बताए ।
इजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता लामो समयदेखि इजरायलमा वन्दे आएका तच समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन्।
प्रतिक्रिया