वासिङ्टन डी.सी.—संघीय न्यायाधीश रिचर्ड लियोनले ट्रम्प प्रशासनद्वारा संग्रहालय तथा पुस्तकालय सेवा संस्थानको कर्मचारीहरूलाई सामूहिक रूपमा बर्खास्त गर्ने र अनुदानहरू समाप्त गर्ने निर्णयलाई अस्थायी रूपमा रोक्ने आदेश दिन इच्छुक रहेको बताएका छन्।
“मैले सुनेका कुराहरूका आधारमा, म अस्थायी प्रतिबन्ध आदेश जारी गर्न इच्छुक छु,” न्यायाधीश लियोनले अदालतमा भने । र , भोलिसम्म लिखित आदेश जारी गर्ने योजना रहेको बताए।
अमेरिकन लाइब्रेरी एसोसिएसन(अमेरिकी पुस्तकालय संघ) र अमेरिकन फेडेरेसन अफ स्टेट, काउन्टी, एन्ड म्युनिसिपल इम्प्लोइज(अमेरिकी राज्य, काउन्टी र नगरपालिका कर्मचारी महासंघ)ले ट्रम्प प्रशासनको मार्च १४ को कार्यकारी आदेश विरुद्ध मुद्दा दायर गरेका छन्, जसले आइएमएलएसलाई “बिघटन गरिने” घोषणा गरेको थियो।
उनीहरूको अनुसार आइएमएलएस पुस्तकालयहरूलाई अनुदान र तथ्याँक सङ्कलनमा सहयोग गर्ने एकमात्र संघीय संस्था हो। यस कार्यकारी आदेशपछि आइएमएलएस का ८५% कर्मचारीहरूलाई बर्खास्त गर्ने योजना बनाइएको छ, जसले संस्थाको कानुनी रूपमा तोकिएको जिम्मेवारीहरू पुरा गर्न असम्भव बनाउनेछ।
न्यायाधीश लियोनको सम्भावित आदेशले आइएमएलएसको विघटनलाई अस्थायी रूपमा रोक्नेछ, जसले देशभरका पुस्तकालयहरू र संग्रहालयहरूलाई राहत दिनेछ। यो निर्णयले संघीय संस्थाहरूको भविष्य र सार्वजनिक सेवाहरूको संरक्षणमा महत्वपूर्ण प्रभाव पार्नेछ।
प्रतिक्रिया