कोलम्बिया विश्वविद्यालयका प्यालेस्टिनी विद्यार्थी मोहसेन मह्दावी अमेरिकी हिरासतबाट रिहा

इनेप्लिज २०८२ वैशाख १७ गते १६:५३ मा प्रकाशित

Screenshot

कोलम्बिया विश्वविद्यालयका प्यालेस्टिनी विद्यार्थी मोहसेन मह्दावीलाई अमेरिकी नागरिकता अन्तर्वार्ताको क्रममा पक्राउ गरिएको थियो। 

तर अब एक संघीय न्यायाधीशको आदेशपछि उनलाई भर्मन्टको अदालतबाट रिहा गरिएको छ। अप्रिल १६ मा पक्राउ परेका मह्दावीमाथि न्यायाधीशले उनलाई राज्य वा देश बाहिर निकाल्न रोक लगाउने आदेश पनि दिएका थिए।

रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै मह्दावीले भने, “तपाईंहरूले मलाई स्वतन्त्र ठान्न सक्नुहुन्छ, तर मेरो स्वतन्त्रता अरू धेरै विद्यार्थीहरूको स्वतन्त्रतासँग जोडिएको छ।

मह्दावीका वकिलहरूले ट्रम्प प्रशासनले उनलाई कोलम्बिया विश्वविद्यालयमा इजरायल-हमास युद्धको सुरुवातमा गरिएको  प्रदर्शनको नेतृत्व गरेको कारणले बदला स्वरूप देश निकाला गर्न खोजिरहेको दावी गरेका छन्। जुन संविधानको पहिलो संशोधनअनुसार उनको अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हो।

मह्दावीले जातीय वा धार्मिक घृणाको आरोप अस्वीकार गर्दै भनेका छन्, “मेरो करुणा केवल प्यालेस्टिनीहरूका लागि मात्र होइन, यहूदी र इजरायलीहरु पनि हो।” उनले यो पनि स्पष्ट पारे कि उनले विश्वविधालय परिसरमा तम्बु गाड्ने र भवन कब्जा गर्ने घटनाहरूअघि नै प्रदर्शनबाट पछि हटिसकेका थिए।

मह्दावीको मुद्दाले शैक्षिक स्वतन्त्रता, मानव अधिकार र अमेरिकी आप्रवासन नीतिको क्रान्तिकारी बहस ल्याएको छ।

अरू विद्यार्थीहरूमाथि पनि यस्तै कार्यवाही नहोस् भन्ने माग गर्दै, मह्दावीले अझ बलियो संघर्ष जारी राख्ने बताएका छन्।

प्रतिक्रिया