अमेरिकाको अलास्काको नानवालेकमा सोमबार भएको एक सानो विमान दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि गम्भीर घाइतेलाई तुरुन्तै उदग्रबिमान( हेलिकप्टर) बाट उठाएर नजिकको अस्पतालमा भर्ना गरिएको छ।
अलास्का जन सुरक्षा बिभाग( डिपार्टमेन्ट अफ पब्लिक सेफ्टी)ले एबीसी न्युजलाई जानकारी दिँदै दुर्घटनाको कारण अहिलेसम्म खुलासा नभएको जनाएको छ।
“अलास्का राज्य प्रहरीहरु अहिले नानवालेकमा भएको विमान दुर्घटनास्थलमा छन्,” विभागले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ।
दुर्घटनामा दुई जना वयस्कको मृत्यु भएको र एक वयस्क गम्भीर घाइते भएको पुष्टि भएको छ।
दुर्घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको प्रहरी अधिकारीहरूले जनाएका छन्। अरू जानकारी प्राप्त भएलगत्तै थप विवरण सार्वजनिक गरिने बताएका छन्।
प्रतिक्रिया