“युद्ध अन्त्यको ढोका खुल्दै: राष्ट्रपति ट्रम्पको शान्तिका लागि उच्चस्तरीय वार्ताको आह्वान”

इनेप्लिज २०८२ वैशाख १३ गते ०:३७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न अबको कदम निर्णायक भएको बताएका छन्। उनले दुवै पक्षलाई “उच्चस्तरीय भेटघाट” गर्न आह्वान गरेका छन् ताकि अन्तिम सम्झौतामा हस्ताक्षर गरियोस्।

“रूस र युक्रेनबीच आजको वार्ता सकारात्मक रह्यो। अब उनीहरू सम्झौताको एकदम नजिक छन्। दुवै पक्ष उच्चस्तरमा भेटेर यो अन्त्य गर्नुपर्छ,” ट्रम्पले रोम ओर्लिएपछि आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे।

“प्रमुख मुद्दाहरूमा सहमति भइसकेको छ। अब रक्तपात रोक्नुपर्छ। यो निर्दयी र निरर्थक युद्ध अन्त्य गर्न जहाँ आवश्यक पर्छ, हामी त्यहाँ हुनेछौं,” ट्रम्पले थपे।

यो प्रकाशन (पोष्ट) त्यसपछि आएको हो जब ट्रम्पका एक वरिष्ठ प्रतिनिधिले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। भोली ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुबै पोपको अन्त्येष्टिमा सहभागी हुँदैछन्।

राष्ट्रपति ट्रम्पको सक्रियता युद्ध अन्त्यतर्फको आशाको संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया