ट्रम्प प्रशासनले सर्वोच्च अदालतसँग ‘बिदेशी शत्रु ऐन’ बाहेक अन्य कानून प्रयोग गरेर देश निकाला गर्न अनुमतिको माग गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सर्वोच्च अदालतलाई टेक्ससमा पक्राउ परेका भेनेजुएला नागरिकहरूलाई ‘बिदेशी शत्रु ऐन’ (एलियन ईनिमी एक्ट)को सट्टा अन्य आप्रवासन कानूनहरूको आधारमा देश निकाला गर्ने अधिकार दिन आग्रह गरेको छ ।
१८ औं शताब्दीको यो युद्धकालीन कानूनी अधिकारका बारेमा चलिरहेको कानूनी विवादको बीचमा ट्रम्प प्रशासनले यो कदम उठाएको हो।
सर्वोच्च अदालतले आज बिहान जारी गरेको आदेशले केही आप्रवासीहरूको निष्काशन अस्थायी रूपमा रोकिदिएको थियो। यसपछि न्याय बिभागले सर्वोच्च अदालतको यस निर्णयको विरोध गरेको छ ।
ट्रम्प प्रशासन कम से कम केही आप्रवासीलाई अन्य कम विवादास्पद आप्रवासन कानूनहरूको आधारमा देशबाट बाहिर निकाल्नको लागि स्पष्टता प्राप्त गर्न चाहेको सिएनएनले जनाएको छ ।
आजको सर्वोच्च अदालतको आदेशले ‘बिदेशी शत्रु ऐन’ (एलियन ईनिमी एक्ट)को आधारमा देश निकाला (डिपोर्टेसन) र अन्य सामान्य कानूनी प्रक्रियामा निष्काशन गर्ने प्रक्रिया बीचको भिन्नतालाई स्पष्ट गरेको छैन, जसले विवादलाई थप जटिल बनाएको छ।
विशेष गरी देशमा रहेका अवैध आप्रवासीहरूको सुरक्षा दृष्टिकोणले प्रशासनका अधिकारीहरूका अनुसार यस मुद्दामा शीघ्र निर्णय आवश्यक छ । यस मुद्दाले केवल भेनेजुएलालाई मात्र होइन, अन्य विदेशी नागरिकहरूको भविष्यको अवस्था पनि असर पुर्याउने सम्भावना छ ।
प्रतिक्रिया