अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनका प्रतिनिधिमण्डलबीच शुल्क सम्बन्धी सम्झौतामा छलफल भइरहेको पहिलो पटक खुलासा गरे। ट्रम्पका अनुसार आगामी तीनदेखि चार हप्ताभित्र सम्झौता सम्भव हुनेछ ।
एबिसीन्यूजमा सम्बादाता राचेल स्कटले चीनका राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष रूपमा कुराकानी भएको छ या छैन भन्ने बिषयमा प्रश्न गर्दा ट्रम्पले जवाफ दिएनन् । स्कटले फेरि प्रश्न गरिन्: “के सी ले तपाईलाई दूरवार्ता गरेर वार्ता सुरु गरेका हुन् ?” जवाफमा ट्रम्पले भने, हामी सम्झौता गर्न गइरहेका छौं। मलाई विश्वास छ—हामी चीनसँग सम्झौता गर्छौं।”
चीनमाथि १४५% जवाफी शुल्क लगाइएको विषयमा चीनले पुनः सम्पर्क गरेको हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, “धेरै पटक, बारम्बार कुरा हुँदै आएको छ।”
सी जिनपिङसँग प्रत्यक्ष कुरा भएको हो त भन्ने जिज्ञाशामा ट्रम्पले जवाफ दिए, “म भन्न चाहन्न। त्यो उपयुक्त हुँदैन।” सीसँग मेरो सम्बन्ध राम्रो छ र त्यो यथावत् रहनेछ। र, म यति भन्छु, उनीहरूले धेरै पटक सम्पर्क गरेका छन्।”
ट्रम्पको भनाईले व्यापार र शुल्क सम्बन्धमा अमेरिका–चीनबीच उच्च तहमा पुनः संवाद शुरू भइसकेको संकेत गर्दछ ।
प्रतिक्रिया