राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले स्वास्थ्य सेवा र विशेष गरी चिकित्सकद्वारा निर्देशित (प्रेसक्रिप्सन )औषधिको मूल्य घटाउने लक्ष्य लिएको छ। यो कदम अमेरिकाका लाखौं नागरिकलाई सुलभ र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा ऐतिहासिक प्रयास मानिएको छ।
उक्त आदेशले मेडिकेयर (चिकित्सा )कार्यक्रम सुधार गर्न निर्देशन दिएको छ जसले औषधि प्रतिष्ठानहरूसँग मूल्य सम्झौता गर्ने प्रक्रियालाई सशक्त बनाउनेछ। विशेष गरी महँगा औषधिहरू जसमा इन्सुलिन(सुई) पनि समावेश रहेको एबिसीन्यूजले जनाएको छ । इन्सुलिन(सुई) मूल्य घटाउन नयाँ कार्यक्रम बनाइने बताइएको छ।
साथै, यो आदेश अन्तर्गत अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए ) लाई राज्यस्तरमा औषधि आयात कार्यक्रम स्वीकृत गर्न र सांझा औषधिहरूको स्वीकृति प्रक्रिया छिटो पार्न निर्देशन दिइएको छ। यसले बजारमा प्रतिस्पर्धा बढाई मूल्यलाई थप नियन्त्रणमा ल्याउने अपेक्षा गरिएको छ।
राष्ट्रपति ट्रम्पको यो आदेश अमेरिकाको स्वास्थ्य सेवा प्रणाली सुधार गर्ने दिशामा लिएको महत्त्वपूर्ण र साहसी कदम हो।
प्रतिक्रिया