रूसले पहिलो पटक डिसेम्बरपछि युक्रेनमा मानव रहित यान (ड्रोन )आक्रमण नगरेको युक्रेनी सेनाद्वारा जानकारी

इनेप्लिज २०८१ चैत १८ गते १०:३० मा प्रकाशित

रूसले सोमबार राति र मंगलबार बिहानसम्म युक्रेनमा कुनै पनि लामो दूरीको आक्रमणकारी मानव रहित यान (ड्रोन )नपठाएको युक्रेनी वायु सेनाले जनाएको छ।

डिसेम्बर २०२४ पछि पहिलो पटक रूसले युक्रेनमा कुनै मानव रहित यान (ड्रोन) आक्रमण गरेको छैन।

युक्रेनी वायु सेनाका अनुसार, रूसले दक्षिणी जापोरिझिया क्षेत्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो, जसलाई युक्रेनी सेनाले नष्ट गर्यो। तर, रातभरि मानव रहित यान हमलाको कुनै चेतावनी जारी गरिएन।

सोमबार साँझ रूसले जापोरिझियाको अग्रपंक्ति क्षेत्रमा पाँचवटा निर्देशित बम प्रहार गरेको जसको कारण एक जनाको मृत्यु र पाँच जनालाई घाइते भएका छन् । रूसको मानव रहित यान (ड्रोन) आक्रमण रोकिएको घटनाले पछिल्ला केही हप्ताको धारणा परिवर्तन गरेको छ, किनभने रूसले लगातार हरेक रात सयभन्दा बढी मानव रहित यान आक्रमण गर्दै आएको थियो।

युक्रेनी सैनिक अधिकारी आन्द्रेई कोभालेन्कोले टेलिग्राममा लेखे, “मानव रहित यन आक्रमण रोकिएको छ, तर यसले ठूलो अर्थ राख्दैन। हामी स्थितिको निगरानी गर्दैछौं।”

यसैबीच, युक्रेन र रूस दुवैले उर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएका थिए। तर दुबै पक्षले एकअर्कालाई यो सहमति उल्लङ्घन गरेको आरोप लगाएका छन्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका नुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा प्रस्तावित युद्धविराम रूसले गम्भीर रूपमा लिएको छैन। उनले भने, “रूसले कूटनीति मन पराउँछ भन्ने कुनै प्रमाण छैन। उनीहरूले हरेक रात आक्रमण गरिरहेका छन्।”

ट्रम्पले पछिल्ला दिनहरूमा रुसी राष्ट्रपति भाल्दिमिर पुटिनको आलोचना गर्दै रूसमाथि नयाँ प्रतिबन्ध लगाउने संकेत दिएका छन्, जसमा रुसी तेल निर्यात तथा त्यसको खरिद गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने सम्भावना छ।

प्रतिक्रिया